२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नुवाकोटको बाघखोरमा माघ १७ र १८ गते सोनाम ल्होछार हुने।

नुवाकोटको बाघखोरमा माघ १७ र १८ गते सोनाम ल्होछार हुने।

माननीय उप-सभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा नुवाकोटको बाघकोरमा माघ १७ र १८ गते१८५६ औं सोनाम ल्होछार हुने भएको छ।”सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सस्कृती एकताको नारा तामसालिङ प्रदेशको स्थापना हाम्रो राजनैतिक एकताको अभिभारा”भन्ने मुल नाराका साथमा कार्यक्रम आयोजना गरिएको छ।कार्यक्रममा राष्ट्रिय खेतीप्राप्त कलाकारहरुका साथै स्थानीय कलाकारहरुका बेजोड सास्कृतिक धमाका हुनेछ।कलाकारहरुमा सुबास मोक्तान ,लक्ष्मी स्याङतान ,फुल कुमार बम्जन,पुसन लामा,यु.वि. मङ्ग्रेसा र भिमशेन दाहाल रहने भएका छन्।तामाङ सस्कृतिको संरक्षण एवम् २८५६ औं सोनाम ल्होछार (जिवा ल्हो) समिती बेलकोटगढी नगरपालिका वडा नम्बर ९ बाघखोर,नुवाकोटको आयोजना रहेको उक्त कार्यक्रममा ,बेलकोटगढी नगरपालिका प्राबिधिक शाखा,सानिमा बैंक बेलकोटगढी शाखा,होटेल सुर्य एण्ड गेष्ट हाउस बेलकोटगढि नगरपालिका बाघखोर,नेपाल तामाङ घेदुङ बेलकोटगढी नगर समिती ,शुभ बिहानी युवा क्लब बेलकोटगढी -९ सिउरेनी,अभिसुरा युवा क्लब बेलकोटगढी -४ जलजले,नेपालको लागि स्वास्थ र शिक्षा नामक सस्थाका सह-आयोजना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij