नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार नेपाल मार्सल आर्ट्स हाप्किडाे संघ काे अध्यक्ष काली बहादुर घर्ति मगर काे सभाध्यक्षतामा र गण्डकी प्रदेश काे सामाजिक विकास मन्त्री नर देेवी पुन मगरकाे प्रमुख आतिथ्यमा उद्घाटन समारोह आज सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय स्तरमा परिचित ग्रान्डमास्टरले प्रशिक्षण दिने सो सेमिनारमा ६ सय खेलाडीहरुको सहभागिता रहेको छ । साथै नुवाकोट मार्सल आर्ट्स हाप्किडाे संघ बेल्काेटगढी नगरपालिका काे तर्फबाट ४० जना खेलाडीहरू सहभागी भएकाे छ ।
उक्त कार्यक्रममा ग्लोबल हाप्किडाे एसाेसिएसन मार्फत नुवाकोट मार्सल आर्ट्स हाप्किडाे संघ काे प्रशिक्षक प्रविण गुरुङ गाेल्ड मेडलबाट सम्मानित भएको छ। गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसिएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको सहयोगमा आयोजित दुई दिने सेमिनारमा प्रशिक्षण दिन अमेरिकाका ग्रान्डमास्टर हि क्वान्ली र अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्च तथा स्पेन र इरानका मास्टर पनि सहभागिता भएको छ।
साे कार्यक्रम मा करिब २ सय जनाले डेमास्ट्रेसन प्रदर्शन गरेकाे छ। स्थापनाको छोटो समयमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको यस हाप्कीडो एसोसिएसनले नेपालमा स्थापना भएको वर्ष सन् २०१६ मा नै राष्ट्रिय सेमिनारको आयोजना गरेको थियो । यसै गरी,सन् २०१८ मा पहिलो अधिवेशन गर्दै यो एसोसिएसन व्यवस्थित बनेको हो । यसै वर्ष मात्र यसले रोल्पामा पहिलो राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरिसकेको छ । राष्ट्रिय च्याम्पियनसिप भन्दा अघि जिल्ला र प्रदेशका च्याम्पियनसिप तथा सेमिनारको समेत आयोजना भएको थियो । काठमाडौँ सहरमा मात्र केन्द्रित रहने धेरै खेलको परम्परा भन्दा टाढा रहँदै यस एसोसिएसनले आफ्ना कार्यक्रम विभिन्न भूगोलमा आयोजना गर्दे आएको छ । साथै नेपालको भिन्न सामाजिक परिवेशलाई यसले महत्त्व दिँदै आएको छ ।
यस बिचमा यस एसोसिएसनमा आबद्ध खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थुप्रै महत्त्वपूर्ण सफलता हात पारिसकेका छन् ।
छोटो समयमा थुप्रै दक्ष प्राविधिक तयार पार्दै सफलता पाउँदै गरेको यो एसोसिएसनले नियमित प्रशिक्षण दिँदै आइरहेको छ । यस सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्त्वपूर्ण हुने विश्वास लिएको आयोजक कमिटीले जनाएको छ ।
नुवाकोट मार्सल आर्ट्स हाप्किडाे संघकाे अध्यक्ष मनाेज गुरुङ र सचिव विकाश गुरुङ र सदस्य एलिना गुरुङ काे नेतृत्व
मा खेलाडीहरू लाई लगिएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij