२८५६औं साेनाम ल्हाेछार (मुसा वर्ग)काे अवसरमा सुनाैलाे विहानी युवा क्लब रसुवा द्धारा आयाेजित वृहत् साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता २०७६ हुने भएको छ।उक्त कार्यक्रममा चर्चित म्हेन्दाेमाया गायिका मिना लामा , सञ्चारकर्मी तथा हाँस्यकलाकार मिस्टर बिर्खु(करण तामाङ ) र चर्चित म्हेन्दाेमाया गायक टेक राज घले साँस्कृतिक धमका प्रदान गर्न उपस्थित रहने भएको छ ।मननीय माेहन आचार्यकाे प्रमुख आतिथ्यता, प्रेम तामाङ,प्रभात लामा , प्रेम्बा छिरिङ तामाङ , नुर्बु स्याम्ब घले लगायतका व्यक्तित्वहरुकाे आतिथ्यता रहने छन्।
माघ ११ गते नाैकुण्ड १ लाङबुमा भलिबल प्रतियोगिताकाे साथ वृहत् साँस्कृतिक कार्यक्रमकाे साथ साेनाम ल्हाेछार हुने कुरा आयाेजक टिमले हाम्रो “सेतोघर”सँग कुराकानी गर्दै जानकारी दिनुभएकाे छ ।मिडिया पार्टनरमा सेतोघर डट कम र नुवाकोट एम एम रहेका छन्।कार्यक्रममा स्याब्रु नाच, स्थानीय झाँक्री , लामा नाच पनि बेजोड रहने कुरा आयाेजकले थप जानकारी गराउनु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij