हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते नेपाल स्ट्रङ्गेस्ट क्योकुशिन कराते संघ, कास्किको आयोजनामा हुने २१ औ माछापुच्छ्रे फुल कन्ट्र्यक कराते प्रतियोगिता बुधबार सम्पन्न भएको छ।उक्त कार्यक्रममा सुवेदार मेजर धन बहादुर गुरुङ स्मृति कप-२०७६ मा राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङको प्रमुख आतिथ्यता रहेका थिए।

उक्त प्रतियोगितामा नुवाकोट जिल्लाको प्रतिनिधित्व गर्दै बेलकोटगढी (नगरपालिक) क्योकुशिन कराते डोजोको तर्फबाट ४० केजि मुनि दिनेश गुरुङले रजत पदक प्राप्त गर्न सफल भएको छ!
प्रशिक्षक तथा टिम कोच:- प्रबिण गुरुङ र टिम म्यानेजर:- प्रेम बहादुर गुरुङ रहेको सेतोघरलाई मनोज गुरुङले जानकारी दिनु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij