२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सञ्चारकर्मी तथा कलाकार करण तामाङ ग्लानकाे निर्देशनमा हाँस्यटेली चलचित्र “भाे त अब”काे ८६ औं भाग छायांकन

सञ्चारकर्मी तथा कलाकार करण तामाङ ग्लानकाे निर्देशनमा हाँस्यटेली चलचित्र “भाे त अब”काे ८६ औं भाग छायांकन

चर्चित हाँस्यटेलीचलचित्र “भाे त अब “काे ८६ औं भागकाे छायांकन शनिबार ललितपुरमा सम्पन्न भएको छ । मेघ बहादुर गुरुङकाे निर्माण तथा परिकल्पनामा रहेको टेलीचलचित्र पछिल्लो समयमा दर्शकहरुकाे राेजाइ बन्न सफल रहेको देखिन्छ । चलचित्रमा करण तामाङ ग्लानकाे निर्देशन , तिर्सना मगरकाे सह निर्देशन , विनाेद तामाङकाे छायांकन , उत्तम गुरुङकाे सम्पादन , मेख बहादुर गुरुङ र करण तामाङ ग्लानकाे लेखन तथा कल्पना मगरकाे श्रृङ्गार रहेको छ ।

यस टेली चलचित्रमा ज्याक गुरुङ , मेख बहादुर गुरुङ , कल्पना मगर , करण तामाङ ग्लान , सिर्जना वाईबा , सन्ध्या राई , हरि श्रेष्ठ , नवराज राई , तिर्सना मगर लगायतका लाेकप्रिय कलाकारहरुकाे उत्कृष्ट अभिनय रहेको छ । यस टेलीचलचित्र प्रेरणा इन्टरटेन्टमेन्ट युट्युव च्यानलबाट हरेक बुधबार बेलुकी प्रसारण हुनेगर्दछ । अबकाे दिनहरुमा दर्शक स्राेताहरुकाे माग र चहानालाई सम्मान गर्दै उहाँहरुले खाेजे जस्तै तरिकाबाट अघि बढ्ने कुरा निर्माता मेख बहादुर गुरुङले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij