स्थानीय तहको सम्रचना सङ्गै विकासका कामले तिब्रता लिन थालेका छन्।बाटोघाटो,विद्यालय,खानेपानी,विद्युत,स्वास्थ लगायत विविध कुरामा विकास भएको पाइन्छ।नागरिकहरु आफुले चुनावमा मतदान गरेर पठाएका जनप्रतिनिधिहरुबाट चित्त बुझ्दो काम गरेको पाएकोमा खुशी छन्।त्यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ को बयरघारी हुँदै भोर्ले खोला को सडक खण्डको बाटो स्थर उन्नतिका कार्य भैरहेको छ।उक्त बाटो निर्मा लागि अध्यक्षमा चन्द्र बहादुर गुरुङ सचिवमा प्रविण गुरुङ कोषाध्यक्षमा सुमित्रा गुरुङ साथै ६ सदस्य रहेका छन्।के कुन तरिकाले कार्य भैरहेछ भन्ने प्राबिधिक तयारीका साथ काम भएको वा नभएको भनी कार्यको अनुगमन गर्नका लागि अनुगमन समितिको संयोजकमा सुबास गुरुङ रहेको छ।उक्त बाटोको स्थर उन्नति भएपछी उपभोक्तहरुले सडक सन्जालमा झन्झट व्यहोर्नुपर्ने स्थिति रहनेछैन र राम्रो सुबिधा पाउनेछ।विकासका कार्य कहि कतै चुहावट नभई सहि ठाउँमा लगानी होस् कार्यसमितिमा शुभकामना।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij