तारकेश्वरको पौरख,नेपालको गौरब भन्ने मुल नाराका साथ नुवाकोटको तारुकामा माघे संक्रान्ती गोरु जुधाई कार्यक्रम हुने भएको छ। माघे संक्रान्ती गोरु जुधाई संरक्षण समितिको आयोजनामा हुने उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसको महामन्त्री डाक्टर सुशाङ्का कोइरालाको प्रमुख आतिथ्यता रहने भएको हो।उक्त कार्यक्रममा राष्ट्रिय खेतिप्राप्त कलाकारहरुको साङ्गितिक प्रस्तुती समेत रहने छ।कार्यक्रमका लागि आयोजक समितिलाई तारकेश्वर २ ,नुवाकोटमा रहेको महारुद्र युवा क्लबले प्रत्येक वर्ष झै यसपटक पनि साथ सहयोग गरिने क्लबका अध्यक्ष तथा लियो क्लब अफ नुवाकोट परोपकारका सदस्य सन्तोष सिग्देलले सेतोघरलाई जानकारी दिनु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij