२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

संघीयता थोपरिँदैमा चमत्कार हुने हाेइन

संघीयता थोपरिँदैमा चमत्कार हुने हाेइन

बहुदल पश्चात् उत्पादित नेता र नेतृत्वले ९४ प्रतिशत रहेका बहुसंख्यक् अनुयायीहरुको रितीस्थितीलाई निमोठ्ने, चिमोट्ने गर्दै अघि बढिरहेको अवस्था छ । पहिचान र रितीस्थितीलाई आधुनिक बजारीकरण वा फाइदाको निम्ति व्यापारीकरण गरिएको भएर हिमाल, पहाड र तराईबासीहरु सन्तुष्ट छैनन् । यसले विकराल अवस्था निम्त्याउँछ साथै राजनीतिज्ञ छविका व्यक्ति र नेताहरु कलंक सावित हुने अवस्था छ भन्ने हाम्रो राय हो । वैदिक सनातन ॐकार सँग जोडिएका किराँत, बौद्ध, स्लामिक, प्राकृतिक, मानवी, प्रणामी, क्रिश्चियन धर्मग्रन्थ भन्दा हजारौँ वर्ष पुरानो वैदिक सनातन हिन्दु धर्मका बहुसंख्यक अनुयायीहरुलाई उपेक्षा गरिएको कारणले पनि धर्म निरपेक्षता गलत र अपराध ठहर्छ । अचेल देखा परेका प्रवचनकारीहरुमा समेत शंका उठ्छ । देश र देशबासीको सुख शान्तिको जड कुरा के हो र कहाँ छ भन्ने बुझ्ने र शान्ति सुरक्षा दिने दिलाउने दायित्व राष्ट्र सरकारको हो । हुल बहुलको उफ्राइमा अस्तित्व मेट्नु हुँदैन । राजतन्त्र, लोकतन्त्र, गणतन्त्र र जनतन्त्रको आवाज ओकल्ने मानवहरुको कुन प्रकारको कहाँ नेर अडिने संसार रच्न खोजेका हुन् त ? आफैँ हिड्ने बाटोमा भँड्खालो खन्दै हिन्दु राष्ट्र नेपाल धर्म निरपेक्ष बनाएर खुम्च्याइएको छ । ठुल्ठुला विवाद फिँजाइएको छ । नेपाली सद्भावको मानव समुदायमा विष छर्किएको छ तर ९४ प्रतिशत रहेको वैदिक अनुयायी जनताको साथ लागेर न्यायिक र सुरक्षित हिन्दु अधिराज्यको अडिग कल्पना स्थापित गराउन राप्रपा नेपाल निरन्तर लड्दैै अघि बढी रहनेछ ।

-रामकुमार सुब्बा
पुर्व मन्त्री तथा राप्रपा नेता

मान्य ज्यू यहाँको कार्यकालमा पूर्वको इटहरी शहर एक नंबर प्रदेशको राजधानी हुनुपर्छ भन्ने हल्ला चर्किदै आएको छ । यदि राजधानी भइंिदँदा यहाँको अपुरो विषय के देख्नु भएको छ । त्यसलाई कसरी परिपूर्ति गर्न सकिएला ?

मुलुक भर वास्तवमै सबै कुरा पूर्ण छैनन् । अभावहरुलाई परिपुर्ति गर्न धरातल संगको साधन स्रोत आधुनिक तरिकाले निरन्तर संचालित भइरहनु पर्छ उपभोग्य विषय वस्तु प्रचुर नभएको हुनाले अभावहरु भइरहेको हुन्छ तर इटहरी शहरको निम्ति भौगोलिक आधार सहज रहेको छ । जहाँ राजधानीको कुरा उठाउनु भयो ? राजधानीको लागि भौतिक आधार तयार गर्न खाली खाल्सा भुभागलाई आवादीकरण गर्न आवश्यक ठहरिन्छ । वर्तमान नगर विकासोन्मुख क्षेत्र इटहरी भएको हुनाले अझै विहत्तर संभावना छ । सबै विषय बस्तु सहज रुपमा आवश्यकीय भौतिक आधार परिपुर्ति गर्न सकिन्छ । अप्ठ्यारो परिस्थिति खासै केही छैन । चाहेको खण्डमा सहज रुपमा परिपुर्ति गर्न सकिन्छ ।

 ठुल्ठुला ३ शहरको बीचमा रहेको इटहरी छनौट गर्नुको पछाडी केही स्वार्थ लुकेको होला ? या त विशेष महत्व पो केही छ कि ?

स्वभाविक रुपमा पूर्व मेची देखि पश्चिम महाकाली र उत्तरी किमाथाङ्का देखि दक्षिण भारत सम्मको सिमाना क्षेत्र सम्म सहजै आवत–जावत गर्न यातायात सेवा–सुविधाको हिसाबले इटहरी नै पर्ने कारणले पनि सबैको विचार भावना र चाहना बढेको हुन सक्छ । साथै चारैतिरको व्यापारिक चौबाटो केन्द्र बिन्दु भएकोले पनि यही ठाऊँको छनौट भएको हो ।

संघियता अनुरुप प्रान्तीय राजधानी बनाइँदा थेग्न नसक्ने विषय पनि त हुन सक्ला त ?

 

देशको भौगोलिक बनावट एउटै किसिमको नभएको हुँदा यहाँका मानव समुदायको मानसिकता र जीवन शैली फरक रहेको छ । सरकारको सेवा÷सुविधामुलक गतिविधिले प्रत्येक व्यक्तिलाई चेतना र शिक्षाको सच्चाई धरातलमा हिँडाउनुपर्छ । संघीयता थोपरिँदैमा वहन गर्न सक्ने र चमत्कार भइहाल्ने जस्तो मलाई लाग्दैन । बरु पारस्पारिक सद्भाव क्षिण हुने र अधोगतिमा धकेलिने अवस्था आउन सक्छ । अधिकतम् वैमनस्यता सृजना हुन सक्छ । अहिले सम्म हिमाल, पहाड र तराई बीचको मिश्रित सम्बन्ध रही आएकोमा जनताहरु विश्रृङ्खलित भएमा मुलुकै आक्रान्त पनि हुन पुग्छ । मान्छे–मान्छेको मुठभेड भई बलिदानको अवस्था पनि आउन सक्छ । वर्तमान गतिविधिहरु नै सन्तोषप्रद छैनन् । २०७२ को संविधानले निर्दिष्ट गरेका कार्यहरु सिधै उल्लङ्घन भइरहेको हुँदा देशबासीको सुख–शान्ति, सुरक्षा पलायन भैरहेको छ । मानव जातीको हित हुन राष्ट्र, कानुनले इंकित गरेका प्रक्रिया अहिले सम्म कहीँ अनुशरण गरेको पाईदैँन । हामी सबै सुख शान्ति प्रति लालायित छौँ । उल्लेखित तनावहरु झेल्न परि रहेको हुँदा अभावी विषय पुर्ताल हुने र संघियता थेग्न सक्ने प्रवचन अफाप सिद्ध भइररेको छ भने सामाजिक चित्कारहरुको व्यग्र रुपले तनाव पुर्ताल नहुने, संघीयता थेग्न नसक्ने ठहर्छ त्यसैकारण सच्याएर लैजान जरुरी छ ।

 धर्म निरपेक्षता कायम गरिनुको पछाडी देशघाती नव शासकहरुको स्वार्थ लुकेको हो कि विवेक गुमेको हो ?

नेपालको भुगोल भर कुल जनसंख्याको तुलनामा ९४ प्रतिशत श्री ओमकार वैदिक सनातन हिन्दु धर्मावलम्बी मानव समुदाय रही आएको पाइन्छ । यिनीहरुको भावना, पहिचान, रीतिरिवाजलाई सम्मानित स्थान दिएको पार्इँदैन । बहुदल पश्चात् उत्पादित नेता र नेतृत्वले ९४ प्रतिशत रहेका बहुसंख्यक् अनुयायीहरुको रितीस्थितीलाई निमोठ्ने, चिमोट्ने गर्दै अघि बढिरहेको अवस्था छ । पहिचान र रितीस्थितीलाई आधुनिक बजारीकरण वा फाइदाको निम्ति व्यापारीकरण गरिएको भएर हिमाल, पहाड र तराईबासीहरु सन्तुष्ट छैनन् । यसले विकराल अवस्था निम्त्याउँछ साथै राजनीतिज्ञ छविका व्यक्ति र नेताहरु कलंक सावित हुने अवस्था छ भन्ने हाम्रो राय हो । वैदिक सनातन ॐकार सँग जोडिएका किराँत, बौद्ध, स्लामिक, प्राकृतिक, मानवी, प्रणामी, क्रिश्चियन धर्मग्रन्थ भन्दा हजारौँ वर्ष पुरानो वैदिक सनातन हिन्दु धर्मका बहुसंख्यक अनुयायीहरुलाई उपेक्षा गरिएको कारणले पनि धर्म निरपेक्षता गलत र अपराध ठहर्छ । अचेल देखा परेका प्रवचनकारीहरुमा समेत शंका उठ्छ । देश र देशबासीको सुख शान्तिको जड कुरा के हो र कहाँ छ भन्ने बुझ्ने र शान्ति सुरक्षा दिने दिलाउने दायित्व राष्ट्र सरकारको हो । हुल बहुलको उफ्राइमा अस्तित्व मेट्नु हुँदैन । राजतन्त्र, लोकतन्त्र, गणतन्त्र र जनतन्त्रको आवाज ओकल्ने मानवहरुको कुन प्रकारको कहाँ नेर अडिने संसार रच्न खोजेका हुन् त ? आफैँ हिड्ने बाटोमा भँड्खालो खन्दै हिन्दु राष्ट्र नेपाल धर्म निरपेक्ष बनाएर खुम्च्याइएको छ । ठुल्ठुला विवाद फिँजाइएको छ । नेपाली सद्भावको मानव समुदायमा विष छर्किएको छ तर ९४ प्रतिशत रहेको वैदिक अनुयायी जनताको साथ लागेर न्यायिक र सुरक्षित हिन्दु अधिराज्यको अडिग कल्पना स्थापित गराउन राप्रपा नेपाल निरन्तर लड्दैै अघि बढी रहनेछ ।
 जनताको सतह माथि उच्चालिएका सरकार प्रतिनिधिहरु विगतका कर्तुतहरु ढाकछोप गर्दै आज शासक बन्न चाहीरहेका छन्, एउटा इगो ल्याइएको छ, लोकमान प्रकरण तहल्का मच्चाउने अग्रजहरु पहिले रु. २५ को भुक्के चप्पल र फाटेको छाता जस्तो लुगा लाएर २०५७ पछि काठमाडौँ छिर्नेहरु अहिले ३–४ करोडका अलिसान

महल र ल्यान्ड क्रुजर, पजेरो, बेञ्चकार गाडीमा हुईकिएकाले राष्ट्रको ढुकुटी सखाप पारेका हुन् भन्ने ठहर्छ त ?

घनीभूत चिन्तन मनन्को विषय उतार्नु भयो १ सचेतनाको लागी तपाई लाई धेरै धन्यवाद । निश्चित रुपमा लोकमान सिंह कार्कीको महाअभियोग प्रकरण असहज तवरले थोपरिएकोछ । तत्कालीन नियुक्तीको समयमा सही सदर लाग्ने तर अहिले अभियोग लाग्ने १ यहाँनेर उहाँको कार्य सम्पादन प्रति असन्तुष्ट र त्रसित भएकाहरुले के–कस्ता कार्यहरु गरी आए भन्नेतर्फ पनि ज्ञान ध्यान लगाउन जरुरी छ । त्यस नियुक्तिको समयमा सीमित व्यक्तिहरुले आफ्नो स्वार्थ सिद्ध गर्न पद वहाली भइरहन चाहेका हुन् भन्ने ठहर्छ । त्यस ताका रहेका मन्त्री मण्डलका प्रतिनिधिको घेरा चौतर्फी नियाल्नु पर्ने हुन्छ । यदि अयोग्य भए कागती रोपेर सुन्तलाको स्वाद लिन खोज्नु मुर्खता हो । सरकारको भार थेग्न शासक हुन जाँदा सिंगाने बच्चा जस्तो हुनु तुच्छता र देशघाती बुख्याँचा हुनु हो । सारा दुर्घटनाको जिम्मा राज्य सरकारले लिनुपर्छ । जनता वर्ग सुरक्षित भै माथि उकासिने अवसर प्रदान गर्नुृ राज्यको दायित्व हो । नाजायज वितण्डाहरु को द्वारा सृजना भए तिनीहरु दण्ड सजायको भागीदार हुनैपर्छ भन्ने कुराहरु चारैतिर उठिरहेकोमा राप्रपाको ऐक्यवद्धता निरन्तर रहन्छ ।

 सरकारको शासन आदेशात्मक हुनुपर्ने हो । गुट बलको चलखेलमा उपहास र ज्यादति बढेको छ । सुख शान्ती कसरी पाइएला ?

गम्भिर सन्दर्भ हो यो । गुटबन्दी र सिण्डिकेट प्रथा भइरहेकोले देशबासीले कठोर चुनौतीहरु सामना गर्नु परिरहेको छ । राष्ट्रको संविधान अक्षरसः प्रयोग र पालना गरियो भने सबै खाले नाजायज गतिविधिहरु अन्त्य हुनेछन् । तर कर्तुतवालाहरुले अस्वीकार गरिरहेका हुँदा नेपालको उन्नती प्रगतिमा कुठाराघात भइरहेको सरकारले स्वीकार्नुपर्छ । साथै विरोधीहरु भागीदार हुनै पर्छ अहिले सम्मका घटना तथा शृङ्खलाहरुको बारेमा ।
नेपाली सबैले स्वीकार गरेर घोषणा भए सँगै कार्यान्वयन दिशामा लागेको नयाँ संविधान माथि अराजक तत्वको प्रभाव जम्दै आएको हुँदा सरकार आदेशात्मक न्यायमा दृढ हुनुपर्ने तर फितलो भएर सिङ्गो देशले अतुलनीय क्षती र कष्ट वहन गर्न बाध्य भएको छ । प्रशासनीक राष्ट्र भएकोल तुरुन्त निदान हुनुपर्छ भन्ने होे ।

भागबण्डाको गठबन्धन सरकार रहँदा जनताको दुःख बुझ्ने, सुख शान्ति दिलाउन नेता र सरकार नभेटिनुमा कानुनी राष्ट्रको दायित्व कस्तो हुनुपर्ने हो वा सरकार नै कानो बनेको हो ?

स्वभाविक रुपमा विधिको शासन भित्र हामी सबै समाहित हुन सकेनौँ भने जनता र राष्ट्रले न्याय पाउन सक्दैनन् । विधि र प्रक्रियाको राष्ट्र संविधानलाई देशवासीहरुले अनुशरण गर्दा सिंगो मुलुकले न्यायोचित निर्णयको सुरक्षित र विकसित प्रक्रिया धारण गर्दछ भने त्यसैको उपभोग प्राप्त हुँदा जो कोही मानव समुदायले सुख शान्ति अनुभुत गर्न सक्नेछ तर कानुनी प्रक्रियाहरु आफु व्यक्ति अनुकुल नभइदिंदा घनीभूत जटिलता व्योहोर्नु परेको अवस्था हाम्रो सामु छ ।
राजतन्त्र सहन नसकेर लोकतन्त्र, गणतन्त्र स्वीकार भएपश्चात् हजारौँ छोटे राजा रजौटाको रजाईं चलेका दृष्यहरु हाम्रा मष्तिष्कमा झल्झल्ती ताजै होलान् । देश र देशबासीको भलाई हुने विचार विधि र प्रक्रियाहरुको मेरुदण्ड राष्ट्र संविधान हो भन्ने विश्वास लिएर देशवासीमा जकटिएको विपन्नता जरै देखि मास्न आधुनिक विज्ञान शैली अङ्गिकार गर्दै समुन्नत समृद्ध राष्ट्रको कल्पना हामीले गरेका छौँ । देश र देशवासी प्रति प्रेमभाव र समर्पित नभएका उदाङ्गे क्षमता हीनहरु पलायन हुने क्रम जारी छ । चारैतिर संविधानसभाका सदस्यहरु प्रति विरोध चर्किएको छ भने भागवन्डाको चतु¥याईमा कर्तुतले चुर्लुम्म ढाडीएका शासकहरु टिक्न सक्ने अवस्था छैन । देश र देशवासीले सुख शान्ति पाउन राष्ट्रको मूल संविधान अंङ्गिकार गर्नुपर्दछ, भन्ने हाम्रो दृष्टिकोण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij