२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अर्घाखाँचीमा यसरी बढ्दैछ होटल क्षेत्र : व्यवसायीकाे धारणा

अर्घाखाँचीमा यसरी बढ्दैछ होटल क्षेत्र : व्यवसायीकाे धारणा

अर्घाखाँची होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको स्थापना वि.सं २०६३ मा भएको हो । हाल यस संघ अन्तरगत करिब २ सय २० को हाराहारीमा होटलहरु आवद्ध भएर काम गर्दै आएका छन् । यस मध्ये २ सय ७ ओटा होटलहरु

नवराज भण्डारी
अध्यक्ष
अर्घाखाँची होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ

 

सन्धिखर्कमा नै छन् । अन्य होटलहरु बालकोट, केरुङ्गा, सुपादेउराली लगायत छन् सदरमुकाम बाहिर । अहिले अर्घाखाँची होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको भवन निर्माणको निम्ति पक्की पुल नेर जग्गा लिएको अवस्था पनि छ । आशा गरौं, छिट्टै होटल संघको आफ्नो छुट्टै भवन बन्नेछ ।

काे हुन् नवराज भण्डारी ?

गुल्मीको हुँगा गाविसका नवराज भण्डारी अर्घाखाँची जिल्लामा होटल व्यवसायको क्षेत्रमा पुराना तथा अनुभवी व्यवसायीको रुपमा चिनिन्छन् । उनै भण्डारी हाल अर्घाखाँची होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको अध्यक्ष छन् । पहिले वि.सं २०६३ देखि २०७० सम्म वरिष्ठ उपाध्यक्षको रुपमा कार्यभार सम्हालिसकेका भण्डारी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको पहिले छुट्टै कार्यालय नभएको कारण अर्घाखाँची उद्योग वाणिज्य संघमा नै रहेर सञ्चालनमा आएको तर केही प्राविधिक कठिनाईको कारण अहिले भाडामा नै सञ्चालन हुँदै आएको बताउँछन् । वि.सं २०७० देखि संघको अध्यक्ष रहेका भण्डारी अब छिट्टै होटल व्यवसायी संघ आफ्नै भवनमा नै सञ्चालनमा आउने बताउँछन् ।
हामीले होटल संघको माध्यमबाट हरेक ६-६ महिनामा मूल्यमा पुनरावलोकम गर्ने गरेका छौं । हामीले जिल्ला भित्र सञ्चालनमा रहेका होटलहरुले सेवा उपलब्ध गराए बापत लिन पाउने अधिकतम सेवा शुल्क तोकेका छाँै । तर पनि सबै होटलले त्यही शुल्कमा खाना खुवाउनुपर्छ भन्ने हुँदैन । होटलले प्रदान गर्ने सेवाको स्तरको आधारमा सेवा शुल्क केही कमी पनि हुन सक्छ । खानाको स्तरलाई प्रयोग गरिने चामल, सजावट, सरसफाई, अतिथिहरु प्रति गरिने व्यवहार लगायतका कुराहरुले निर्धारण गर्दछन् । यद्यपि एउटै होटलमा पनि २ भिन्न वर्गका मानिसलाई छुट्टाछुटटै शुल्क भने लगाउनुहुँदैन भन्ने कुरामा जोड दिएका छौँ । हाम्रो संघबाट अहिले तोकिएको सादा खानाको मूल्य १ सय ५० हो । तर यो मूल्य उच्च स्तरको सेवा दिने होटलले लिन पाउने शुल्क हो । अन्य मध्यम स्तरीय होटलको शुल्क अलि कम नै छ ।
अर्घाखाँची जिल्लामा सञ्चालनमा रहेका सबै होटलहरुको अवस्था पनि अहिले एकै किसिमको छैन । यस क्षेत्रमा सञ्चालमा रहेका होटलहरु मध्ये ५÷६ ओटा होटलहरु कम्पनी रजिष्ट्रार कार्यालयको अलावा मूल्य अभिवृद्धि करमा पनि दर्ता भएका छन् । अन्य होटलहरु भने प्यानमा नै दर्ता भएका छन् । यस क्षेत्रमा सञ्चालमा आएका केही नयाँ होटल बाहेक सबैजसो होटलहरु संघमा आवद्ध छन् । यस क्षेत्रमा तुलनात्मक रुपमा ठूलो लगानीमा सञ्चालनमा रहेका होटलहरुमा सन्धया, एभरेष्ट लगायत छन् । यी होटलहरुले करोडकै हाराहारीमा पुर्वाधारमा लगानी गरेका छन् । मैले नै सञ्चालन गरेको भण्डारी होटल पनि यस क्षेत्रको निम्ति पुरानो होटल हो । साथी होटल प्रालिको अवस्था पनि राम्रै छ ।
यस क्षेत्रमा होटलको सङ्ख्या बढिरहेको भएपनि तुलनात्मक रुपमा होटलमा आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षालयको भने अभाव छ । यस क्षेत्रमा सञ्चालनमा रहेको देउराली जनता प्राविधिक शिक्षालयले एक पटकमा ४० जना जनशक्ति उत्पादन गर्ने क्षमता राख्छ । रुपन्देहीमा मुख्य कार्यालय रहेको एक गैह्र सरकारी संस्थाबाट सञ्चालित यस संस्थाले अर्घाखाँचीमा कुक तथा चाइनिज कुक तालिम दिँदै आएको छ । यद्यपि होटल क्षेत्र फस्टाउनको निम्ति राम्रो वातावरण बन्नुपुर्व त्यस क्षेत्रमा पर्यटन क्षेत्रको पनि राम्रो तवरले विकास हुनु जरुरी छ । अहिले अर्घाखाँची जिल्लामा नै पर्यटनका गतिविधिहरु बढ्न नसकेका हुनाले भौगोलिकताको हिसाबले निकै आकर्षक पर्यटकीय गञ्तव्य हुँदाहुँदै पनि यस क्षेत्रमा पर्यटकीय गतिविधिहरु भने हुन सकेका छैनन् ।

खासगरी धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको अर्घाखाँचीको अलावा यसका छिमेकी जिल्लाहरु गुल्मी, प्युठान, पाल्पा लगायतका क्षेत्रलाई समेट्न सकिने किसिमले पर्यटकीय विशेष प्याकेज बनाई पर्यटन प्रवद्धनमा ध्यान दिने हो भने यो क्षेत्रमा पर्यटकीय गतिविधिहरु फस्टाउन सक्छन् । तर यसको निम्ति सबैभन्दापहिले सडकको स्तरोन्नतिमा भने विशेष जोड दिनुपर्छ । यस क्षेत्रमा भएका होटलहरुले अहिले सम्म पार्किङ लगायतका कुराहरुमा खासै ध्यान दिएका छैनन् । तर आगामी दिनमा भने दिगो सोचको साथ स्तरीय भवनहरु बनाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij