२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नुवाकोटको बेलकाेटगढी ४मा शुक्रबार मार्सल आर्ट्स हाप्किडाे संघकाे डाेजाे उद्घाटन सम्पन्न ।

नुवाकोटको बेलकाेटगढी ४मा शुक्रबार मार्सल आर्ट्स हाप्किडाे संघकाे डाेजाे उद्घाटन सम्पन्न ।

नुवाकोट जिल्ला बेलकाेटगढी नगरपालिका वडा नं.४ अन्तर्गत रहेको नुवाकोट मार्सल आर्ट्स हाप्किडाे संघकाे डाेजाे उद्घाटन तथा नेपाल एतेमी मार्सल आर्ट वुदाे एकेडेमी क्याेकुशिन करातेकाे जुनियर बेल्ट ग्रेडिङ तथा सम्मान कार्यक्रम २०७६ सम्पन्न भएको छ।हेल्थ एण्ड एजुकेशन फर नेपालका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी जगत ब.गुरुङकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दक्षिण एसिया हाप्किडाे महासंघ तथा नेपाल मार्सल आर्ट्स हाप्किडाे संघकाे केन्द्रीय अध्यक्ष काली बहादुर घर्ति मगरकाे विशेष आतिथ्यता रहेकोे थियो।सोही नगरको वडा नं ४ का वडा अध्यक्ष चन्द्र ब. लामा ( जनम)काे विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रम सभ्य र भव्य रुपमा समापन भएको थियो।

कार्यक्रममा वडाका जनप्रतिनिधि एवम् नेपाल कम्यूनिष्ट पार्टी जिल्ला समिति सदस्य नविन पुडासैनी ,बेलकाेटगढी काठमाडौं संघीय जनसम्पर्क मन्चका अध्यक्ष एवम् नेपाल कम्यूनिष्ट पार्टी ३ नं. प्रदेशकाे लेखा समिति सदस्य रुद्र ढुङगोल , नेपाल एतेमी मार्सल आर्ट वुदाे एकेडेमीका अध्यक्ष प्रदीप थापा वडा नं.३ का वडा सदस्य काैशिला पुडासैनी लगायत अन्य विविध ठाउँबाट आमन्त्रित विशेष व्यक्तित्वहरुकाे साथै उल्लेखनीय स्थानीय खेलप्रेमीहरुको उपस्थित रहेका थिए।कार्यक्रममा खेलाडीहरुले उत्कृष्ट डेमाे प्रदर्शन गर्नुका साथै ६२ जनाले बेल्ट ग्रेडिङ समेत गरेेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij