काठमाडौं । कलेज क्विन नेपाल’ र ‘सिन्ड्रेला नेपाल’ सहित दर्जनौं कार्यक्रमको कोरियोग्राफी गरेकी मोडल विपना थापा गायनमा उत्रिएकी छन् । उनले आफ्नो स्वरमा नयाँ गीत रेकर्ड गरेर त्यसलाई भिडियोमा उतारेकी छन् ।
तिम्रै नाउँमा यो जीवन…गीत आफ्नो स्वरमा रेकर्ड गराएर उनी गायनमा समेत लागेकी हुन् । यस गीतलाई उनले भिडियोमा पनि उतारेकी छन् । आफ्नो पहिलो गीत भएकाले भिडियो निर्माणमा पनि प्रशस्तै मेहनत गरेको गायिका तथा मोडल विपनाले जानकारी गराइन् । मंगलबार र बुधबार चोभारमा छायांकन गरिएको यस भिडियोलाई यसै साता रिलिज गर्ने पनि उनले जानकारी गराइन् ।
विपनाको स्वरको गीत तिम्रै नाउँमा यो जीवन…को संगीत तथा शब्द सिर्जना प्रमोद कोइरालाले गरेका हुन् । गीतको भिडियोमा विपना आफैंले नै मोडलिङ गरेकी छन् । विपनासँगै भिडियोमा समिम खानले अभिनय गरेका छन् ।
यसअघि दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरेकाले आफ्नो गीतमा पनि सोही कारण आफैंले मोडलिङ गरेको जानकारी उनले गराइन् । दर्शक श्रोताको माया पाएमा गायनलाई निरन्तरता दिने पनि उनले बताइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij