२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

टानमा बामपन्थी र प्रजातान्त्रिक समूह बीच चुनावी युद्ध हुँदै

टानमा बामपन्थी र प्रजातान्त्रिक समूह बीच चुनावी युद्ध हुँदै

अध्यक्ष सहित अधिकांश पद बामपन्थीको पोल्टामा आउने सम्भावना अधिक

काठमाडौं । यही भदौं २० गते हुन लागेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको ४१ औं वार्षिक साधारणसभा मार्फत नयाँ नेतृत्वमा को आउने भन्ने चासोले सबै व्यवसायीहरु बामपन्थी प्यानल र प्रजातान्त्रिक प्यानलमा विभाजित भएका छन् ।

सभाले आगामी २ वर्षको लागी नयाँ नेतृत्व चयन गर्ने भएकाले यतीबेला ट्रेकिङ व्यावसायीहरु चुनावी चटारोमा परेबम हुन् । यस वर्ष टानमा प्रजातान्त्रिक र प्रगतिशिल बाम घटकको २ प्यानल निर्वाचनमा होमिएको छ । १७ सदस्यीय कार्यसमितिलाई १३ सय २० मतदाताले मतदान गर्नेछन् ।

आफ्नो पक्षमा मतदाता रिझाउन थापा पक्षका उम्मेदवारहरु १५ दिन देखी लागिपरेका छन । अभियानमा होमिएका युवा व्यावसायी अन्जन थापा (कुमार) समुहले बामपन्थी समुहको नेतृत्व गर्दैछन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खहरेमा जन्मिएका थापा पोर्टर, गाईड बन्दै हाल होटल, ट्रेकिङ्ग र एडभेन्चर क्षेत्रका एक सफल र इमान्दार व्यावसायीको रुपमा पहिचान कमाएका व्यवसायी हुन् । उनी जुन–जुन क्षेत्रमा हात हाल्छन्, सफलता पनि त्यहि गतिमा प्राप्त गर्दै आएका छन् ।

यसपटकको निर्वाचन परिणाम पनि उनकै पोल्टामा पर्ने पर्यटन क्षेत्रका विष्लेषकहरुले बताउँछन् भने आफु यसपटकको चुनावमा पनि सफल भएर नै छाड्ने दाबी थापाले सेताघर डटकम सँगको कुराकानीको क्रममा गरेका छन् ।

नम्र स्वभावका थापा आशाही ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि.का संचालक हुन । सन २००० देखी पर्यटन व्यावसायमा लागेका थापा सफल व्यावसायी हुन् ।

टिम्स नै टानको मुख्य स्रोत बनिरहँदा टानभित्र पनि व्यावसायिक पृष्ठभूमि भन्दा राजनीतिक स्वार्थ समूह हाबी हुँदै गयो । विभिन्न शक्ति केन्द्र र स्वार्थ समूह हाबी हुँदै जाँदा टान अनावश्यक किचलोमा फस्दै गयो ।

टानको विगतः
व्यवसायीको समस्या जहाँको तहीँ रहँदा राजनीतिक स्वार्थ समूहको कारण टान आफ्नो व्यावसायिक एजेन्डामा भन्दा पनि स्थार्थ केन्द्रित समूहको अखडा बन्न पुग्यो । त्यसले गर्दा सम्पूर्ण रकम शीर्षक अन्तर्गत खर्च नभई अन्यत्र खर्च भई नेपाल पर्यटन बोर्डसँगको सम्बन्ध पनि तीक्ततापूर्ण अवस्थामा पुग्यो । अर्थात व्यवसायीको हक, हित र चाहना विपरीत संस्था चल्दै गयो र आम व्यवसायीमा वितृष्णा पैदा भयो ।

नेपालमा ट्रेकिङको सम्भावनाः
विश्वभर साहसिक पर्यटनको कुरा गर्दा नेपालको पर्यटन अग्रपंक्तिमा आउँछ । संसारकै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमशृङ्खला मध्ये ८ वटा त नेपालमा नै रहेका छन् । सर्वोच्च शिखर सगरमाथाको देश हुनुको नाताले पनि पदयात्रा पर्यटन तथा हिमाल आरोहीहरुका निम्ति नेपाल प्रमुख गन्तव्य मध्ये एक हो । भौगोलिक परिस्थिति भेषभूषा, जातजाति, परम्परा, प्राकृतिक सम्पदा आदिले भरिएको हाम्रो देश संसारकै सुन्दर देशमध्ये एक हो । लोन्ली प्लानेट, रोयटर्स जस्ता विश्व प्रसिद्ध गाइड बुकहरुले नेपालका पदयात्रा क्षेत्र विशेष गरी ट्रेकिङलाई विशेष महत्व दिएको पाइन्छ । यहाँका सुन्दर हिमशृङ्खला, हाम्रा गाउँबस्ती, रहनसहन, भेषभूषा र भौगोलिक विविधताले पर्यटकलाई लोभ्याउने गरेको छ । नाम्चे देखि सगरमाथा, पुनहिल देखि उपल्लो मुस्ताङ, रारा, डोल्पा देखि रुवी भ्याली, मनास्लु देखि ओलाङचुङ गोला सम्म स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा जाने गरेका छन् ।

स्वास्थ्यका दृष्टिकोणले तथा दिनदिनै अत्यन्तै तीव्र विकासले संसारलाई भौतिक दुनियाँतिर लगिरहेको र अत्यन्त व्यस्त दैनिकीबाट छुटकारा लिँदै पदयात्रामा जाने पर्यटकहरु दिन प्रतिदिन नेपालप्रति आकर्षित हुने गरेका छन् ।

थापा नेतृत्वको टिमका अन्य हस्तिहरुः
नेकपा निकट थापा प्यानलले बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सह–कोषाध्यक्षमा प्रदिप पण्डितलाई चुनावी दौडमा अघी बढाएको छ । सोही बमोजिम मनोनयन दर्ता समेत सम्पन्न भएको छ ।

त्यस्तै सदस्यमा रघु पौडेल, मिङ्मा शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङ्मा शेर्पा, र ठाकुर सापकोटाले मंगलबार मनोनयन दर्ता गरेका छन् ।

थापा समुहले एक पत्रकार सम्मेलन गरी यो समुह टानको गति र दिशा दिनको लागि सक्षम र व्यावसायीक टिम रहेको जनाकारी दिएको छ । अध्यक्षको प्रत्यासीका रुपमा रहेका अञ्जन थापा कुमारले १६ बुँदे प्रतिबद्धता प्रश्तुत गर्दै टानलाई गतिशिल, र पदयात्रा व्यावसायीको समसामयिक समस्याको समाधानको लागि आफुहरु टान नेतृत्व लिन लागेको बताए ।

 

 

अध्यक्षको अर्का प्रत्यासी खुम बहादुर सुवेदी र उनकाे सम्भावनाः
त्यस्तै प्रजातान्त्रिक पक्षको नेतृत्व खुम बहादुर सुवेदीले गर्दैछन् । सुवेदी टानका अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत हुन् । निर्वाचनमा खुमबहादुर सुबेदी समुहले मंगलबार मनोनयन दर्ता गरेको छ । सुवेदी धादिङ ज्वालामुखी गाउँपालिकामा जन्मेर विगत २६ वर्षदेखी पर्यटन व्यावसायमा लाग्दै आएका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका सुवेदी युनिक एडभेन्चर इन्टरनेशनलका संचालक हुन् । उनि पनि आफ्नो जित सुनिश्चित हुनेमा कुनै शंका नै नरहेको दावी  गर्छन् ।

खुम नेतृत्वकाे प्रजातान्त्रिक गठबन्धनबाट बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ रहेका छन् । सदस्यहरुमा खोमराज अधिकारी (सन्तोस), सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा, रबिन्द्र महर्जन, सनम शेर्पा, तेन्जिङ शेर्पा, बुद्धकुमारी अधिकारीले मनोनयन दर्ता गरेका हुन् ।

यी दुवै अध्यक्ष पदका उम्मेवार धादिङ जिल्लाकै हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij