२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

टानकाे द्वितीय उपाध्यक्ष पदमा सबैभन्दा बढी मत ल्याइ निर्वाचित हुन्छुः तेन्जिङ शेर्पा

टानकाे द्वितीय उपाध्यक्ष पदमा सबैभन्दा बढी मत ल्याइ निर्वाचित हुन्छुः तेन्जिङ शेर्पा

शाहसिक पर्वतीय पर्यटन व्यवसायमा व्यापक रुपमा विभिन्न बेतिथिहरु रहँदै आएका छन् । यसकारणले नेपालको पदयात्राको भविष्य अत्यन्त जटिल बन्दै गएको छ । मुलुक र समयको रुपान्तरण र प्रविधिको विकाससँगै शाहसिक र पर्वतीय पर्यटनको क्षेत्रले पनि यथोचित विकास र रुपान्तरित हुँदै जानुपर्नेमा व्यवसायमा व्याप्त भ्रष्टाचार, निकै पहिलेको फरक परिस्थितिमा ल्याइएका र समयसापेक्ष रुपमा संशोधन हुन नसकेका ऐन, कानुन, नियमावली र पर्यटन नीति एवं व्यवसायीहरुकै बीचमा भएको अस्वस्थ प्रतिष्पर्धा तथा गैरकानुनी व्यावसायिक गतिविधिहरु लगायतका कारणले यो व्यवसाय परिस्कृत हुँदै जानको सट्टा ठूलो धराशयी हुँदै गएको छ ।

तेञ्जिङ शेर्पा, द्वितीय उपाध्यक्षको उम्मेदवार, नेपाल ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)

सोलुखुम्बुको विकट गाउँमा जन्मेर आज धेरै चर्चाको शिखर पुग्न सफल भएका एक सफल पर्यटन व्यवसायीको नाम हो तेञ्जिङ शेर्पा । उनले जीवनमा धेरै खालको उकाली ओराली भन्ज्याङ्ग चौतारी गर्दै शेर्पाले यस स्थानसम्म आइपुग्न सफल भएका हुन् ।

 

स–सानो समस्याहरुदेखी बिचलित नभइ पर्यटनमा हाेमिएका शेर्पा राम्राे जनम्पर्क र पहुँच भएका व्यवसायी पनि हुन् ।सोलुखुम्बु जिल्ला भौगोलिक हिसाबले  विकट भएतापनि प्रकृति र सम्पदाको हिसाबले अत्यन्त राम्रो र पर्यटकीय गन्तव्यको रुपमा समेत यो जिल्लालाई मान्न सकिन्छ ।

नेपालको पर्यटन क्षेत्रको मुख्य मेरुदण्डका रूपमा पदयात्रा अर्थात ट्रेकिङ व्यवसाय रहेको कुरा नकार्न सकिँदैन । संसारका सुन्दर गन्तव्य मध्ये नेपाललाई पनि पदयात्राको लागि राम्रो गञ्तव्य मानिन्छ ।

व्यवस्थित टीम्सकाे लागि पहल गर्नेः
पदयात्रा व्यवसायीको छाता सङ्गठन टान नेपालमा गर्विलो इतिहास बोकेको संस्था हो । नयाँ गन्तव्य पहिचान गरी ती गञ्तव्यको प्रवद्र्धन गर्न दक्ष जनशक्ति, गाइड तथा पोर्टरहरु उत्पादन गर्ने, पदयात्रा क्षेत्रमा जाँदा मजदुरलाई मजदुरलाई आउन सक्ने समस्याको निम्ति उद्धार, औषधि उपचार गर्ने तथा मृत्यु भएमा क्षतिपूर्ति दिने लगायतका कामहरु समेत अहिले टानबाट हुँदै आएका छन् ।

सोही उद्देश्यले नेपाल सरकारबाट नै टानलाई ट्रेकिङ रजिस्ट्रेसन सर्टिफिकेट अर्थात् टीआरसीको रूपमा प्रदान गरेको अधिकार आज परिमार्जित हुँदै ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम ‘टिम्स’ बन्न पुगेको छ । टिम्सको मुख्य उद्देश्य पर्यटकलाई पदयात्रा क्षेत्रमा व्यवस्थित गर्ने र मजदुरलाई उद्धार तथा राहत दिने लगायतका साथै नेपाल पर्यटन बोर्डको सहकार्यमा यस सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने रहँदै आएको थियो ।

 

ट्रेकिङ क्षेत्रका समस्या र चुनौती 
शाहसिक पर्वतीय पर्यटन व्यवसायमा व्यापक रुपमा विभिन्न बेतिथिहरु रहँदै आएका छन् । यसकारणले नेपालको पदयात्राको भविष्य अत्यन्त जटिल बन्दै गएको छ । मुलुक र समयको रुपान्तरण र प्रविधिको विकाससँगै शाहसिक र पर्वतीय पर्यटनको क्षेत्रले पनि यथोचित विकास र रुपान्तरित हुँदै जानुपर्नेमा व्यवसायमा व्याप्त भ्रष्टाचार, निकै पहिलेको फरक परिस्थितिमा ल्याइएका र समयसापेक्ष रुपमा संशोधन हुन नसकेका ऐन, कानुन, नियमावली र पर्यटन नीति एवं व्यवसायीहरुकै बीचमा भएको अस्वस्थ प्रतिष्पर्धा तथा गैरकानुनी व्यवसायिक गतिविधहरु लगायतका कारणले यो व्यवसाय परिस्कृत हुँदै जानको सट्टा ठूलो धराशयी हुँदै गएको छ ।

विगत ५० वर्ष अगाडीको तुलनामा मूल्यको स्तरीयता र सेवा गुणस्तरीयतामा वृद्धि हुनका सट्टा घट्दो छ । यसले व्यवसायीहरुको भविष्य कता जाँदैछ भन्ने अन्यौल थपेको छ ।

अबको विकल्प
हिजोका दिनमा जे भयो भयो । अबका दिनमा हामीहरुले गर्दै आएका व्यवसायको गुणस्तरीयता माथि उकास्दै व्यवसायलाई नयाँ गति दिन र बजारीकरणमा समेत आधुनिकीकरण गर्दै राष्ट्रिय पुँजी विकासमा समेत थप योगदान दिनको लागि नयाँ सोचका साथ हामी सबै व्यवसायीहरु एकजुट हुनु जरुरी छ ।

सरकारी निकायहरु सँगको सहकार्य, पर्यटन क्षेत्रका अन्य सरोकारवालाहरु र साझेदारसँग समेतको सहकार्य र समन्वयमा नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको संघीय शासन प्रणाली अनूरुप नेपालको शाहसिक पर्वतीय पर्यटन व्यवसायीहरुको विस्तार र विकासमा लागि पर्दै सोही अनूरुप पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्सी एशोसिएशन अफ नेपाल (टान) को सांगठनिक संरचनाको समेत विकास र विस्तार गर्नु अपरिहार्य बनेको छ ।

शेर्पा भन्छन्, हाम्रो समुहलाई मत किन ?
टानलाई थप मजबुत बनाउँदै समग्र पर्यटन क्षेत्रलाई माथि उठाउन सोही बमोजिमको टीम टानमा आवश्यक छ । त्यसैकारण ढुक्क भएर अञ्जन थापा (कुमार) नेतृत्वको व्यावसायीक समूहबाट मलाई द्वितीय उपाध्यक्षमा निर्वाचित गर्नुको अलावा सबैलाई अमूल्य मतदान मार्फत विजयी गराउनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु ।

अन्त्यमा,
विगतका केही दिनयताको घटनाक्रमलाई हेर्दा (टान)मा विभिन्न खालको व्यवसायीहरुकै राजनीतिक खिचतानी देखिएको छ । केही व्यवसायीहरु पदयात्रा र विभिन्न समस्यामा सकारात्मक र जिम्मेवार नबन्ने तर नेतृत्वको दावी गर्ने समेत देखिएका छन् ।
अबका दिनमा हामीले व्यावसायिक समस्याहरुलाई सहजै समाधान र विकल्प दिन सक्ने नेतृत्वको खाँचो छ । यसमा मतदाताहरुले पक्कै पनि विचार पुर्याउनु हुने नै छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij