२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आज देशैभर ऋषि पञ्चमी पर्व मनाइंदै, यस्ताे छ धार्मिक र वैज्ञानिक महत्व

आज देशैभर ऋषि पञ्चमी पर्व मनाइंदै, यस्ताे छ धार्मिक र वैज्ञानिक महत्व

काठमाडौं । अाज भाद्र शुक्ल पञ्चमी  अर्थात ऋषि पञ्चमी। आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी याे पर्व  मनाउँदैछन् । खासगरी  अाज नजिकको नदी, खोला वा तालमा गई ३६५ वटा दतिवनले दाँत माझने पर्वकाे रूपमा समेत यसलाइ लिइन्छ ।

धार्मिक महत्वः

रजस्वलाका समयमा छाईछुई लगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी भन्ने गरिन्छ । चौथो दिन स्नान पछि  शुद्ध हुन्छिन् भन्ने विश्वास छ । यसैकारण आजको दिन दत्तिवन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

रजस्वलाकाे वैज्ञानिक महत्वः

रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउन सक्ने विभिन्न अनुसन्धानले देखाएका छन् । त्यसकारण रजस्वलाकाे समयमा सतर्क रहनुपर्ने वैज्ञानिक अध्ययन समेत छ ।

यसरी धार्मिक मान्यता अनुसार पाप लाग्ने मान्यता रहनु र वैज्ञानिक अध्ययन अनुसार किटाणुले राेग निम्त्याउने दुवै तथ्यले महिनावारीकाे समयमा सचेत रहनुपर्ने सङ्केत गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij