वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चढ्ने कार हाइटे कारको नाम ‘क्याडलिक बिस्ट’ हो। ट्रम्प ७० वर्ष पुगिसकेकाले उनको लागि चढ्ने कार निक्कै लक्ज़री र हाइटेक प्रकारको रहेको ह्वाइट हाउसले जनाएको छ।
ह्वाइट हाउसका अनुसार यस्तो प्रकारको कार राष्ट्रपति भवनमा केबल १२ वटा मात्रै रहेको छ। प्रत्येक कार बनाउन करिब मिलियन डलर लाग्ने गर्छ।
यो कारमा बम वा गोलीले कुनै पनि क्षति पुर्याउँदैन। ट्रम्पको सुरक्षाको हिबासले निक्कै भरपर्दो मानिएको छ। यो कारको सीसा यति बलियो छ की बम वा गोलीले समेत फुटाउन सक्दैन।
कारको टायरमा सिन्थेटिक फाइबर प्रयोग गरिएको छ जुन बीच बाटोमै पड्किने वा फाट्ने कुनै डर हुँदैन। यदि फाटेमा कार रिङ मात्रे पनि सजिलै गुड्न सकन गरी बनाइएको छ।
यसका साथै कारभित्रै अक्सिजनको दिन मिल्ने व्यवस्था गरिएको छ। ‘क्याडलिक बिस्ट’को तौल करिब ८ टन रहेको छ भने यसको ढोकालाई पनि मजबुत तरिकाले बनाइएको छ जसलाई कुनै प्रकारको केमिकल वा बायोलोजिकल रियाक्सनले असर गर्न सक्दैन।
९६ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने यो कारमा नाइट भिजन क्यामरा, साउण्ड प्रुफ, जीपीएस ट्याकिङ, गन, टीयर ग्यास सेल्स र स्याटालाइट कम्युनिकेशन सिस्टम समेत जडान गरिएको छ।
यति मात्रै नभएर यसमा आकस्मिक सेवाका लागि भनेर ट्रम्पको ब्लड ग्रुपको दुई वटा युनिट समेत राखिएको छ। जसले ट्रम्पलाई सडकमै पनि रगत दिन सकिन्छ। यही कार यसअघि पूर्व राष्ट्रपति बाराक ओबामाले पनि यही कारको प्रयोग गरेका थिए। एजेन्सी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij