२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निर्माणका कार्यक्रमको लागि सरकारले सहरी पूर्वाधार विकास निगम गठन गर्ने

निर्माणका कार्यक्रमको लागि सरकारले सहरी पूर्वाधार विकास निगम गठन गर्ने

सरकारले ठूला पूर्वाधार निर्माण गर्न र सबै स्थानीय निकायसँगको समन्वयमा काम गर्ने गरी नयाँ संस्थान गठन गर्ने भएको छ। सहरी पूर्वाधार विकास निगम नाम दिइने संस्थान २० अर्ब रुपैयाँ पुँजीको हुनेछ। सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषलाई निगममा रूपान्तरण गरेर विकासे संस्था बनाउन लागिएको हो ।

चालु आवको बजेटमा नगर विकास कोषलाई सहरी पूर्वाधार विकास निगममा परिणत गरिने उल्लेख छ। नगरस्तरीय पूर्वाधार आयोजना निगमको वित्तीय लगानी तथा स्थानीय तहको साझेदारीमा सञ्चालन गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij