
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, मट्टितेल र डिजेलको मुल्यमा प्रतिलिटर २ रुपैँया घटाएको हो भने हवाई इन्धन र ग्यासको मुल्य भने यथावत् नै रहेको छ ।
घटेको मुल्य आईतबार राति १२ बजेदेखि लागु हुनेछ । निगमको नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८, डिजल प्रतिलिटर ९६।५ र मट्टिलेल प्रति लिटर ९६.५ रुपैँया पर्ने छ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मुल्य अनुरुप मुल्य समायोजन भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij