
जिल्लालाई मदिरा मुक्त बनाउने अभियान स्वरूप शनिबार प्रहरीले १२ सय ४५ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गगरेको छ ।
पुतलीबजार नगरपालिका अन्तर्गतका विरेन्द्रनगरबाट दुई सय ५५ लिटर, राङखोलाबाट तीन सय ३५ र कुमालगाँउबाट ६ सय ५५ लिटर अवैध घरेलु मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले बताए ।
यसअघि पनि चापाकोटबाट पाँच सय ६५ लिटर, फेदिखोलाबाट पाँच सय लिटर, केवरेबाट २७ लिटर मदिरा नष्ट गरेको उनल बताए । उनका अनुसार यो अभियान जिल्लाका ११ वटै तहमा तिव्रताका साथ निरन्तरता दिइने छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij