२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सर्वोच्चमा चरम आन्तरिक विवाद !

सर्वोच्चमा चरम आन्तरिक विवाद !

काठमाडौं । मन्त्रिपरिषद्को गत ६ माघको बैठकले न्याय सेवाका सहसचिवहरूलाई विशिष्ठ श्रेणीको सचिव तहमा बढुवा गर्ने निर्णय गर्यो ।

न्याय सेवा आयोगको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले सह–रजिस्ट्रार नहकुल सुवेदी, नृपध्वज निरौला, कानुन मन्त्रालयका सहसचिव राजीव गौतम र किरण पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सुवेदीलाई न्यायपरिषद् सचिवमा पदस्थापन गरियो भने निरौलालाई सर्वोच्चको रजिस्टारमा नियुक्ति गरियो ।

यस्तै गौतम कानुन मन्त्रालयको सचिव र पौडेल सहमहान्ययाधीवक्तामा पदस्थापना भएका थिए । न्यायसेवाका सुवेदी खड्काभन्दा सिनियर हुन् तर उनीलाई न्यायपरिषद्को सचिवालयमा पदस्थापना गरेर खड्कालाई भने रजिस्ट्रार बनाइएको हो । स्रोतका अनुसार प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोपाल पराजुलीबीचको विवादले सिनियर भएर पनि सुवेदीलाई कम आकर्षक मानिने न्यायपरिषद्को सचिवालयमा पठाइएको हो । जबकी सर्वोच्चको रजिष्ट्रार निकै शक्तिशाली पद मानिन्छ ।

सुवेदी न्यायाधीश पराजुलीका भान्जीज्वाइँ भएको बताइन्छ । यही कारण सुशीलाले उनलाई पूर्वाग्रह राखेर न्यायपरिषद्को सचिवालयमा पठाई नृपध्वजलाई सर्वोच्चको रजिस्ट्रार बनाउन सिफारिस गरेको न्याय क्षेत्रमा अहिले चर्चा छ ।

कल्याण श्रेष्ठ प्रधानन्यायाधीश हुँदा सुवेदीले मुद्दा मालिलाका केशमा लामो हात गर्ने गरेको समेत स्रोतको भनाइ छ । यति मात्र नभई उनले विभिन्न आकर्षक मुद्दाहरू गोपाल पराजुलीको बेन्चमा पुराइदिने गरेको समेत आरोप लाग्ने गरेको थियो । स्मरणीय छ, दुईओटा नागरिकताधारी तत्कालीन केयुकेएलका प्रवन्धक चन्द्रलाल नकर्मीको मुद्दामा समेत सुवेदीकै सहयोगमा पराजुलीले चलखेल गरेको आरोप लागेको थियो ।

यसैबीच प्रधानन्यायाधीश कार्कीले वरिष्ठलाई सर्वोच्च अदालतको रजिस्ट्रार बनाउने प्रचलन मिचेको भन्दै न्याय सेवा आयोगको बैठकमा विवाद भएको बताइएको छ । नियुक्तिअघि बसेको आयोगको बैठकमा कार्कीले सर्वोच्चका वरिष्ठतम सहरजिस्ट्रार सुवेदीको साटो कनिष्ठ निरौलालाई रजिस्ट्रार बनाउन प्रस्ताव गरेपछि विवाद भएको हो ।

तर, त्यो विवादमै सीमित रह्यो खड्का रजिस्ट्रार बनिसकेका छन् भने दुई न्यायाधीशको विवादको भुंग्रोमा सुवेदी परिसकेका छन् । सचेत गराउँदा पनि अटेर गरे महान्यायाधिवक्ता हटाउने सरकारको तयारी उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधमा सरकारी वकिलले गरेको आन्दोलनलाई समर्थन जनाउँदै आएका महान्यायाधिवक्ता रमन श्रेष्ठलाई सरकारले सचेत गराउने भएको छ ।

महान्यायाधिवक्ताले आफ्नो पदीय दायित्व भन्दा बाहिर गएर काम गरेको भन्दै सरकारले श्रेष्ठलाई सचेत गराउने भएको हो । सचेत गराउँदासमेत श्रेष्ठले आफ्नो व्यवहार नसच्याए उनलाई पदमुक्त गर्ने कानुनमन्त्री अजयशंकर नायकले बताए । उच्च अदालतमा न्यायाधीश नियुक्ति हुँदा सरकारी वकिलबाट ४ जना समावेश भए पनि अझै २ जना समावेश हुनुपर्ने भन्दै सरकारी वकिलले देशभर बहस बहिष्कार गरिरहेका छन् । महान्यायाधिवक्ता श्रेष्ठले न्यायाधीश नियुक्ति गर्दा संविधानको धारा १४० को उपधारा ३ को उल्लंघन भएकाले निर्णय सच्चिनुपर्ने भन्दै सरकारी वकिलको आन्दोलनलाई समर्थन जनाइरहेका छन् ।

‘संवैधानिक व्यवस्था अनुसार कम्तिमा प्रथम श्रेणीको न्याय समूहको अधिकारी उच्च अदालतको न्यायाधीश हुनसक्छ’ महान्यायाधीवक्ता श्रेष्ठले भने ‘जेष्ठता, योग्यता र कार्यसम्पादन पनि हेरिन्छ । न्यायाधीश नियुक्ति गर्दा त्यसो भएन ।’ सरकारी वकिलका प्रमुखसमेत रहेका महान्याधिवक्ता श्रेष्ठले आफू उनीहरूको अभिभावक भएकाले उनीहरूमाथि भएको अन्यायमा चुप लाग्न नमिल्ने तर्क गरेका छन् । सरकारले नियुक्त गरेको महान्यायाधिवक्ता नै सरकारी निर्णयको विरुद्धमा लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुनमन्त्री नायकले महान्यायाधिवक्ता श्रेष्ठसँग गत आइतबार नै स्पष्टीकरण सोधिसकेका छन् ।

‘हामीले उहाँसँग स्पष्टीकरण सोधिसकेका छौँ । उनले सरकारी वकिलकको कोटा बढाउनुपर्ने प्रतिवद्धता खोज्नुभएको छ,’ कानुनमन्त्री अजयशंकर नायकले भने । महान्यायाधिवक्ता श्रेष्ठले भने आफूसँग सरकारले स्पष्टीकरण सोधेको कुरा सत्य नभएको बताए । ‘यो बाहिर चलेको हल्ला मात्रै हो मसँग कुनै स्पष्टीकरण सोधिएको छैन,’ श्रेष्ठले भने । ‘अटेर गरे हटाइने’ महान्यायाधिवक्ता श्रेष्ठको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले उनलाई सचेत गराउने भएको छ । बिहीबारभित्रै सकारले महान्यायाधिवक्तालाई सचेत गराउने कानुन मन्त्री अजयशंकर नायकले बताए । महान्यायधिवक्ताले पदीय दायित्वभन्दा बाहिर गएर सरकारी वकिललाई खुसी पार्न लागेकाले सचेत गराउन लागेको मन्त्री नायकको भनाइ छ ।

जनतालाई मर्का पर्ने गरी सरकारी वकिलले गरेको आन्दोलनमा महान्यायाधिवक्ताको समर्थन अशोभनीय रहेको मन्त्रीले बताए । ‘महान्यायाधिवक्ताले अशोभनीय काम गरेकाले उनलाई हामी एक÷दुई दिनभित्रै सचेत गराउँछौँ’ मन्त्री नायकले भने ‘सचेत गराउँदा समेत अटेर गरे हामी उहाँलाई हटाउनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij