२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एक वर्ष बढी समय देखि तलब बिना साझा प्रकाशनमा कर्मचारीहरु

एक वर्ष बढी समय देखि तलब बिना साझा प्रकाशनमा कर्मचारीहरु

गम्भीर आर्थिक संकटको कारण थला परेको साझा प्रकाशनका कर्मचारीले १४ महिनादेखिको तलब खान पाएका छैन । तलब खान नपाएपछि १ सय २९ जना कर्मचारीको दैनिकी संनै समस्याग्रस्त बन्दै गएको छ । १४ महिनादेखि तलब नपाएपछि अधिकांस कर्मचारीले घर भाडा तिर्न सकेका छैन । उधारो खाएको तिर्न र आफ्ना छोराछोरी भर्ना गर्न लगायत दैनिकी गुजारा गर्न सकेका छैनन ।

तलब नपाएपछि समयमै हाजिर हुने गरेका सबै कर्मचारीको गुनासो छ–हामीलाई त बाच्नै मुस्किल भयो । लौन तपाईहरुले सहयोग गरिदिनु प¥यो । दुई महिना अघि २०७४ साल फागुनको तलब थापेका उनीहरुले त्यसपछि एक रुपिया लिएका छैनन् । क्षेत्रिय कार्यालयका केही कर्मचारीको त केही महिनाको मात्र बाकी होला , हामीले त १४ महिनादेखि पाएका छैनौ–एक कर्मचारीले भने ।
तत्कालिन महाप्रबन्धक एवं अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गरेपछि प्रमुख खाली भएको साझा प्रकाशनमा कृषी मन्त्रालयका सहसचिव रघुराम विष्टलाई अध्यक्ष र सहकारी मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई महाप्रबन्धक (जिएम)को जिम्मा दिइएका छ ।  आजको नेपाल समाचार दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij