२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आईपिएल २०१९ : राजस्थान र बेंगलोरको खेल वर्षा र चट्यांगले रद्द

आईपिएल २०१९ : राजस्थान र बेंगलोरको खेल वर्षा र चट्यांगले रद्द

आईपिएलमा हिजो भएको खेलमा  राजस्थान र बेंग्लोरबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । खेलले नतिजा नदिएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् ।

दुबै टिमको प्लेअफ पुग्ने आशा यसअघि नै सकिएको थियो । वर्षा बाधक बनेपछि खेल ५–५ ओभरको खेलाइएको थियो । पाँच ओभरको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लोरले पाँच ओभरमा सात विकेट गुमाउँदै ६२ रन बनाएको थियो ।

बेंग्लोरका लागि विराट कोहलीले ७ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै २५ रन बनाए । एबी डि भिलियर्सले चार बलमा १० रन बनाए ।

बलिङतर्फ श्रेयश गोपालले तीन विकेट लिए ।

पाँच ओभरमा ६३ रन चाहिएको राजस्थानले ३.२ ओभर खेल्दा ४१ रन बनाएको थियो । तर मैदानमा फेरि वर्षा भएपछि खेल सञ्चालन हुन नसकेन र दुबै टिमले १–१ अंक बाँढे ।

ब्याटिङमा सञ्जु स्यामसनले १३ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै २८ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij