२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मे १ आज मजदुर दिवस : मजदुरलाई न न्यूनतम, न सामाजिक सुरक्षा

मे १ आज मजदुर दिवस : मजदुरलाई न न्यूनतम, न सामाजिक सुरक्षा

मजदूरलाई न न्यूनतम तलब न सामाजिक सुरक्षा कोषको प्रत्याभूति । सरकारले श्रमिकको मासिक न्यूनतम तलब निर्धारण गरेको झन्डै एक वर्ष पुग्न लागे पनि कार्यान्वयन हुन सकेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक र रोजगारदाताको सहमतिमा न्यूनतम मासिक तलब १३ हजार ४ सय ५० रुपैयाँ तय गरेको थियो ।

दैनिक ज्याला ५ सय १७ र प्रतिघण्टाको ६९ रुपैयाँ तोकिएको थियो । चिया बगानका श्रमिकका लागि भने मासिक तलब १० हजार ७ सय ८१, दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ निर्धारण गरिएको थियो ।

गत साउन १ देखि लागू हुने गरी तोकिएको न्यूनतम तलब श्रम बजारको अनुगमन र कारबाहीको संयन्त्र नहुँदा लागू हुन नसकेको हो । कामदारको तलब सुरक्षा गर्न बैंकबाट भुक्तानी व्यवस्था गरे पनि अधिकांशले अटेर गरेका छन् । प्रतिष्ठानस्तरमा कार्यरत श्रमिकले रोजगारदातालाई न्यूनतम तलब लागू गर्न दबाब दिइरहेका छन् भने चिया बगानमा कार्यरत श्रमिक एक महिनादेखि कार्यस्थल ठप्प गरी हडतालमा उत्रिएका छन् ।

श्रम ऐनअनुसार रोजगारदाताले सेवासुविधा दिए/नदिएको बारे सरकारले पुस महिनाभित्र श्रम अडिट गर्नुपर्छ । सरकारले भने त्यसलाई बेवास्ता गरेको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मंगलबार सार्वजनिक गरेको श्रम अडिट प्रतिवेदनअनुसार राम्रा भनिएका २७ दशमलव १२ प्रतिशत रोजगारदाताले न्यूनतम पारिश्रमिक दिएका छैनन् । आजको कान्तिपुर दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij