
सिरहाको लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा सयौ रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ, त्यो पनि माला आकारको ।
सिरहाको यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष हजारौ नेपाली र भारतीयलाई आकर्षित गर्छ । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश महोत्सवको रुपमा मनाउने गरिन्छ ।
नयाँ वर्ष भन्ने वित्तिकै मिथिलाबासीको मन फुलवारीमा अड्किन्छ । फुलवारीको मध्यभागमा रहेको मालिन मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।
मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा सलहेश र दौना मालिनको प्रेम प्रतिकको रुपमा लिइन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij