२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चेपाङ बस्तीको भिडियो बनाएर सहयोग गर्ने भन्नेद्वारा करौडौं दुरुपयोग

चेपाङ बस्तीको भिडियो बनाएर सहयोग गर्ने भन्नेद्वारा करौडौं दुरुपयोग

विकट गाउँबस्तीमा रहेका चेपाङ समुदायको गरिबी र निरक्षरताको वृत्तचित्र देखाएर विद्यालय निर्माण गर्ने भन्दै जर्मन नागरिकबाट उठाउन सुरु करोडौं रुपैयाँको खर्च सुरुवातमै दुरुपयोग भएको थाहा पाएपछि स्वयं जर्मन दाताले सम्बद्ध निकायमा उजुरी गर्ने भएका छन् ।

मकवानपुरको राक्सीराङ गाउँपालिका–७ स्थित दाम्राङ आधारभूत विद्यालयको निर्माणाधीन भवन । जर्मनी दाताले २ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने सम्झौतापछि स्थानीय गैरसरकारी संस्थाले भवन निर्माण गरिरहेको छ ।

जर्मनीको दक्षिणी भेगमा पर्ने म्युन्सेन ग्लात्थ्सामा बस्ने ८० वर्षीया एरिका बार्यन क्रुगरले स्वर्गीय श्रीमानको स्मृतिमा नेपालको विकट थलोका बालबच्चाको पढाइमा मद्दत गर्ने इच्छा राखेपछि दुई वर्षअघि सुरु सहयोगको प्रक्रिया पूरा नहुँदै ‘आर्थिक हिनामिना’ देखिएको हो ।

मकवानपुरको चेपाङ बहुल क्षेत्र धिराङ, दाम्राङ र गार्लिङमा विद्यालय निर्माण गर्ने भनेर जर्मन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिजा हिमालयमार्फत क्रुगरसमक्ष एक प्रस्ताव पठाइएको थियो । प्रस्तावमा तीन ठाउँमा विद्यालय बनाउन झन्डै १० करोड रुपैयाँ आवश्यक रहेको उल्लेख थियो । सहयोगको सुरुवातमा दाम्राङस्थित आधारभूत विद्यालयमा भवन निर्माणसहितको सेवासुविधा विस्तारमा झन्डै २ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भइसकेको थियो | आजको कान्तिपुर दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij