
सुनसरीको धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३१ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तिब्र गतिको बस अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएको हाे ।
दुर्घटनामा बसका चालक चक्रबहादुर गुरुङ, बसकै यात्रु दलबहादुर मगर र एक बालक तथा महिलाकाे ज्यान गएकाे सुननसरी प्रहरीले जनाएकाे छ ।
धनकुटाबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको बस धरानको जिरो पोइन्ट भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते ३१ जना यात्रुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij