२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

स्वेता खड्काले बनाईन सिन्धुपाल्चोकमा माझी बस्ती

स्वेता खड्काले बनाईन सिन्धुपाल्चोकमा माझी बस्ती

विभिन्न संघ संस्था र व्यक्तिले सामाजिक कार्य गर्नेभन्दै मिडियाबाजी गरिरहेका बेला अभिनेत्री श्वेता खड्काले सुटुक्क थुप्रै घरहरू बनाएर गरिव जनताको मन जितेकी छिन् ।

सामाजिक सञ्जालमा बोरा बोकेका, राहत बाँडेका, इट्टा बोकेका तस्वीर राखेर सहानुभूति र सस्तो लोकप्रियता खोज्नेहरूलाई अभिनेत्री खड्काको कामले सिधै झापड दिएको छ । खड्का सबैको प्रेरणाकी स्रोत बनेकी छिन् ।

सामाजिक काम गर्न लागेको भन्दै केही व्यक्ति र फाउण्डेशनले सामाजिक सञ्जाल, अनलाइन, पत्रपत्रिका, टेलिभिजनमा समाचार प्रकाशित गरेर सस्तो लोकप्रियतामा रमाउन चाहेको आरोप लाग्ने गरेको छ । तर, अभिनेत्री खड्काले गुपचुप रुपमा एउटा बस्ती नै निर्माण गरेर हस्तान्तरणको अन्तिम तयारीमा छिन् ।

श्वेताश्री फाउण्डेशनमार्फत अभिनेत्री खड्काले भूकम्पपछि तहसनहस बनेको सिन्धुपाल्चोकको माझी बस्तीका ५३ घर बनाएकी हुन् ।

माझीबस्ती निर्माण गर्नका लागि अभिनेत्री खड्काले सार्वजनिक रुपमा चन्दा मागिनन् । कसैले आफ्नै स्वइच्छाले दिएको सहयोगलाई इन्कारी पनि गरिनन् । माझीबस्ती बनाउने क्रममा पैसा अभाव भएपछि अभिनेत्री खड्काले आफ्नै घर सहकारी संस्थामा धितो राखेकी छिन् । खड्काले ठूलै समस्या झेल्दै उदेश्यमा पुग्न सफल भएकी छिन् ।

खड्काले चौतारा साँगा चोकगढी नगरपालिका–१४ भीमटार माझी बस्तीका लागि आवास निर्माण गरेकी हुन् ।

४ सय ६५ वर्ग फिटमा निर्माण भएका घरको लागत प्रतिघर करीव ७ लाख रुपियाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij