२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

तारागाउँ रिजेन्सी होटेललाई सरकारकै स्वामित्वमा ल्याउन संसद्को निर्देशन

तारागाउँ रिजेन्सी होटेललाई सरकारकै स्वामित्वमा ल्याउन संसद्को निर्देशन

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले काठमाडौंको बौद्धस्थित तारागाउँ विकास समितिबाट हायत रिजेन्सी होटल लिमिटेडलाई हक हस्तान्तरण गरिएको १५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको छ । होटल सञ्चालनका लागि तारागाउँ विकास समितिले गरेको जग्गा हस्तान्तरण प्रक्रिया मालपोत ऐन २०३४ अनुसार प्रतिकूल रहेको र अनुचित तरिकाले हक हस्तान्तरण गरिएको ठहर गर्दै उपसमितिले आइतबार यस्तो निर्देशन दिएको हो ।

सो समितिका सांसद अग्निप्रसाद सापकोटाको संयोजकत्वमा रहेको पाँच सदस्यीय उपसमितिले कुल १५० रोपनी जग्गालाई आफू मातहत ल्याउन तत्काल आवश्यक निर्णय गर्न सरकारलाई निर्देशन दिएको हो । हायत होटललाई सुरुमा

२९ वर्षका लागि लिजमा दिने गरी समितिको सञ्चालक समितिबाट निर्णय भएकोमा लगत्तै सो निर्णय संशोधन गरी ४९ वर्षका लागि भाडामा दिइएको तारागाउँ विकास समितिको १५४ रोपनी जग्गासमेत प्रति रोपनी १० लाख रुपैयाँकै दरले हायत रिजेन्सी होटलको नाममा हक हस्तान्तरण गरीदिने र सो रकमबाट होटलको हकप्रद सेयर खरिद गर्नु गैरकानुनी भएको उपसमितिको ठहर छ । आजको राजधानी दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij