मलेसियामा रहेका कलाकारहरुलाई संगठित रूपमा अगाडि बढाउन आइतबार २०१९ अप्रिल ७ तारिखमा “प्रवासी कलाकार संघ पेनाङ”को समिती चयन भेला सम्पन्न भएको छ।उक्त कार्यक्रम तामान ताङलिङ फेमिली करि हाउसमा भएको हो।कार्यक्रम लोक दोहोरी गायक देवान”दु:खी”मगरको मातहतमा भेला भई गायक तथा संगीतकार भेषराज बस्नेतको अध्यक्षतामा १५ औं सदस्य समिति गठन गरिएको छ। जसमा,अध्यक्ष भेषराज बस्नेत,बरिस्ठ उपाध्यक्ष:-मोहन गुरुङ,उपाध्यक्ष:-मिलन पुन,कोषाध्यक्ष:-ईन्दिरा मगर,महिला उपाध्यक्ष:-बसन्ती घिमिरे,सचिव:-उत्तम तामाङ,सहसचिव:-कृन्जेल तामाङ र सल्लाहकारहरुमा,प्रेम चौधरी,देवान”दुखी”मगर,युवराज राना,कुमार सुवेदी,डम्बर लामिछाने,दिपक राज जोशी,हस्त के.सी,आदिलाई सर्वसहमतले चयन गरिएको मलेसियाबाट कुमार सुवेदीले जानकारी दिनु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij