२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

टि-२० क्रिकेटमा सन्दिप लामिछानेको विकेट हाफ सेन्चुरी

टि-२० क्रिकेटमा सन्दिप लामिछानेको विकेट हाफ सेन्चुरी

छोटो समयमै विश्वका चर्चित प्रिमियर टि-२० क्रिकेट खेलमा सहभागिता जनाउदै आएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध एक विकेट लिँदै आफ्नो पचासौँ विकेट लिएका छन् । गुगली बलका लागि चर्चित लामिछानेले मोइन अलीलाई आफ्नो पचासौँ विकेटको सिकार बनाए ।

गत वर्ष आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट नै उनले टि–२० क्रिकेटमा डेब्यु गरेका थिए । एक वर्षमा उनले अष्ट्रेलियाको विगबास लिग, पाकिस्तान प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, बंग्लादेश प्रिमियर लिग लगायतका प्रतियोगिता खेलिसकेका छन् । यस वर्षमा उनले ४० खेलमा ८६० बल गर्दै ५० विकेट लिएका हुन् । यसक्रममा उनले एक हजार रन खर्चिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij