२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आईपिएल् २०१९ : सन्दिप आबद्द दिल्लीको तेस्रो जित

आईपिएल् २०१९ : सन्दिप आबद्द दिल्लीको तेस्रो जित

भारतमा जारी आईपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले रोयल च्लायेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । दिल्लीले बेंगलोलाई ४ विकेटले पराजित गरेको हो । यो बेंगलोरको लगातार छैटौं हार हो । योसँगै बेंगलोरको प्ले अफको सम्भावना कठिन बनेको छ ।

चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १८. ५ ओभरमा ६ विकेटको क्षतिमा १५२ रन बनाउँदै आईपीएलको यो सिजानमा तेस्रो जित दर्ता गरेको हो ।

दिल्लीका लागि कप्तान श्रेयस ऐरले ५० बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६७ रनमा बनाए । ओपनर पृथ्वी शाले २२ बलमा २८, कोलिन इनग्राम २२,  ऋषभ पन्त १८ रनमा र अक्षर पटेल ४ रनमा अविजित रहे । ओपनर  शिखर धवन शून्य रनमा आउट भएका थिए ।

बेंगलोरका लागि कप्तान विराट कोहलीले ३३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४१ रनको योग्दान गरे ।  यस्तै मोइन अलीले १८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३२,,एवी डी भिलियर्स १७, मार्कस स्टोइनिस १५ र अक्ष्यदीप नाथ १९ बनाए । अन्य ब्याट्सम्यानलरो दोहोरो अंक जोडन सकेन  ।

दिल्लीका कागीसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । क्रिस मोरिसले २ र अक्षर पटेल र सन्दीप लामिछानेले समान १ विकेट लिए । सन्दीपले १ विकेट लिन ४ ओभरमा ४६ रन खर्चिए । यात बेंगलोरका नवदीप सैनीले २ तथा पवन निगी,टिम साउदी,मोइन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij