
पूर्वप्रधानमन्त्री एवम वैकल्पिक धारको नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकारका प्रधानमन्त्री नै संघियताको पक्षधर नरहेको आरोप लगएका छन् |
बुटवलमा मगर राष्ट्रिय परिषदको संघीय भेलाको उद्घाटन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीसंगै कांग्रेसका केही नेताहरुले आफूसँग भएको भेटमा संघीयता नमानेको बताए ।
बुटवलमै सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पहिचानसहितका प्रदेशहरु स्थापना र संविधान संशोधन लगायतका मुद्दामा नेकपा, कांग्रेस र राप्रपा वाहेकका शक्तिसँग ध्रुविकरण गर्ने तयारीमा नयाँ शक्ति लागेको बताए ।
उनले आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारको विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने दावी गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij