२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रदेश १ मा चट्यांग लागेर दुईको मृत्यु दुई घाईते

प्रदेश १ मा चट्यांग लागेर दुईको मृत्यु दुई घाईते

शनिवार दिउँसो परेको चट्याङ लागेर मोरङ र झापामा दुईजनाको मृत्यु र अरु दुईजना घाइते भएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका ३ की १० वर्षीया आराधना राजवंशीको चट्याङ लागेर मृत्यु भएको छ । पानी पर्न थालेपछि बाहिर रहेको गाईवस्तुलाई घर ल्याउन जाने क्रममा चट्याङ लागेर घाइते आराधनाको विराट मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।

यस्तै, झापाको मेचीनगर नगरपालिका १५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउतको चट्याङ लागेर मृत्यु भएको छ । उनकी पत्नी ३५ वर्षीया सुनिता राउत र भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएको प्रहरीले जनायो ।

खेतमा काम गरिरहेको बेला चट्याङ लागेर उनीहरु घाइते भएका थिए । भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा प्रकाशको मृत्यु भएको र उनकी पत्नी र भाउजुको उपचार भइरहेको प्रहरीले जनायो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij