२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राजधानीमा ट्रक पल्टिएर भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमा नै मृत्यु

राजधानीमा ट्रक पल्टिएर भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमा नै मृत्यु

ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा ललितपुरको सानेपा नजिकै नयाँबाटोमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै एकजना गम्भीर घाइते भएका छन् । शुक्रबार विहान ना १ घ ५ सय ३३ नम्बरको जनक शिक्षा सामाग्री केन्द्रको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बरको भ्यानलाई थिच्दा भ्यानमा सवार दुईजनाको मृत्यु भएको हो ।

ट्रक अनियन्त्रित भई नजिकै गुडिरहेको भ्यानमाथि पल्टिँदा सो दुर्घटना भएको हो|

मृत्यु हुनेमा भ्यान चालक दोलखा ठूलोपाखरका ४० वर्षीय इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् । उनीहरुको उपचारका क्रममा जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा मृयु भएको प्रहरीले जनाएको छ ।

धनुषा घर भई ललितपुरको बुङमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij