
नेपाल आयल निगमलाई चैत २० गते सम्ममको अल्टिमेटम राखेर बुझाएको १० बुंदे माग प्रति कुनै सुनुवाई नगरेको भन्दै नेपाल एलपी ग्यास उद्योगि संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ |
संघले भोलिदेखि पीडीओ खरिद तथा ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ गतेदेखि लोड भएका बुलेटहरु पनि भन्सारबाट नछुटाउने र २८ गतेदेखि देशभरका ग्यास उद्योग बन्द गर्ने बताएको छ ।
चैत ३० गतेबाट ग्यास विक्री वितरण नै बन्द गर्ने एलपी ग्यास उद्योग संघले घोषणा गरेको छ ।
ग्यास उद्योगीहरुको मागबारे अध्ययन गर्न आयल निगमले अध्ययन समिति नै बनाएको थियो । तर, यसबारे कुनै निर्णय नभएकाले आन्दोलन घोषणा गरिएको संघले बताएको छ ।