२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

हावाहुरी प्रभावित बस्तीमा राहतको ओइरो : वितरण प्रणाली अस्तव्यस्त

हावाहुरी प्रभावित बस्तीमा राहतको ओइरो : वितरण प्रणाली अस्तव्यस्त

विनाशकारी हावाहुरीका कारण बारा र पर्साका दुई हजार घरपरिवार प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांकअनुसार एक हजार घर भत्किएका छन् भने एक हजारमा आंशिक असर परेको छ ।  ‘बारामा एक हजार नौ सय घरमा हावाहुरीको असर परेको तथ्यांक छ । पर्सामा करिब ६० घरमा क्षति पुगेको छ,’ राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भने, ‘धेरै गरिब नै पीडित बनेका छन् । उनीहरूका कमजोर घर र टहरा उडाएको छ । धनीहरूका पक्की घर भएकाले असर कम छ ।’

मृतकको संख्या २८ पुग्यो
आइतबारको हावाहुरीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । उपचारका क्रममा फेटा गाउँपालिका–६ का खयाग आलमको मंगलबार मृत्यु भएको हो । सोमबारसम्म २७ को मृत्यु भएको थियो । सहयोगको विभिन्न तहबाट सहयोग आएपनि त्यसको व्यवस्थापन हुन सकेको छैन |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij