
चट्याङ लागेर अछाममा १५ जना घाइते भएका छन् । घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका -९ तामकोट र ४ जना रामारोशन गाउँपालिका -५ सल्लीसैनका हुन् ।
उनीहरु मध्ये सात जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोटमा साेमबार राती परेको चट्याङले घाइते भएका ११ जना मध्ये ७ जनाको अझै होस खुलेको छैन |
त्यसैगरी रामारोशन गाउँपालिका ५ नेटाकोटको सल्लीसैनमा चट्याङ लागेर घाइते भएका चार जनाको अवस्था पनि सामान्य नै रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij