नुवाकोटको बेलकोटगढी ४ डाँडाखर्कमा रहेको पन्चासे माध्यामिक विद्यालयमा आज सामुदायिक भेला २०७५ सम्पन्न भएको छ।कार्यक्रममा रुम टु रिड को प्रतिनिधि बच्चुराम भण्डारीले रुम टु रिडको बिगतको संस्था स्थापन समय कालको थप जानकारी दिनु हुँदै विद्यालयमा पुस्तकालय स्थापना गरिदिनु हुने बताउनु भयो।रुम टु रिडको प्रतिनिधि भण्डारीले र रेडकका सहज कर्ता पार्वती तामाङले कार्यक्रमको बारेमा विस्तृत जानकारी दिएका थिए।शिक्षकको लागि तालिम,पुस्तकालय आवश्यक फर्निचर,कक्षा १ र २ का लागि नेपाली विषयमा विद्यार्थीहरुमा अभ्यास पुस्तिका व्यवस्थापन,४ वर्षसम्म निरन्तर अनुगमन गर्ने र ४ वर्षपछि विद्यालयलाई हस्तान्तरण गरिने समेत रेडकका सहज कर्ता तामाङले बताउनु भयो।भेलामा विद्यालयलाई पुस्तकालय निर्माणका लागि साक्षरता समिती गठन गरिएको छ।जस अन्तर्गत अध्यक्षमा देवकी अधिकारी,सदस्यहरुमा काजिमन गुरुङ,हर्क बहादुर तामाङ,सानुकान्छा लामा,फुलमती वि.क. ,नेपाली भाषा शिक्षकमा सुमिरा घले,पुस्तक ब्यबस्थापकमा यशोदा चालिसे,श्याम बहादुर शाह,सदस्य सचिवमा प्रधानाध्यापक कुमार पौडेल रहेका छन्।
विद्यालयको प्रधानाध्यापक पौडेलले आफ्नो स्वागत मन्तव्यमा विद्यालय एउटा शिक्षाका मन्दिर हो।जसमा सानो तहदेखि नै शिक्षण गतिविधिलाई जोड दिनुपर्ने बताउनु भयो।
कार्यक्रमका सभा अध्यक्ष सोही विद्यालयका प्रधानाध्यापक पौडेलले निजि विद्यालय र सामुदायिक विद्यालयको बारेमा अभिभावकहरुमा बताउदै निरन्तर विद्यालयको निरीक्षण गर्दै गुणस्तरीय शिक्षा निर्माणका लागि आफ्नो अधिकार प्रयोग गर्न अनुरोध गर्नु भयो।विद्यालयको व्यवस्थापन समितिका सदस्य शेरब लामाले विद्यालयको वर्तमान शिक्षण पद्धति र मातृभाषा र राष्ट्र भाषाको महत्त्वपूर्ण दर्शाउनु भयो।लामाले भाषामा समस्य हुदा विभिन्न तहमा आफ्नो महत्त्वपूर्ण भुमिका निभाउन गाह्रो हुने समेत बताउनु भयो।शिक्षकहरुमा मात्रै दोष दिएर नबस्न समेत सबै अभिभावक सामु अनुरोध गरिएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij