२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

हावाहुरीबाट करोडौंको विधुत प्रसारण लाईनमा क्षति

हावाहुरीबाट करोडौंको विधुत प्रसारण लाईनमा क्षति

पर्साको दक्षिणी भेगमा हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण पूर्वाधारमा झन्डै १५ करोड रुपैयाँको क्षति पुगेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार प्रसारण तथा वितरण लाइन, ट्रान्सफर्मर र सबस्टेसनमा क्षति पुग्दा बारा–पर्सा क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

रक्सौल–परवानीपुर अवरुद्ध, रक्सौल–वीरगन्ज सञ्चालन
भारतबाट विद्युत् आयात गरिरहेको रक्सौल–परवानीपुर (बारा) १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको छ भने तार चुँडिएको छ । यो प्रसारण लाइनमार्फत प्राधिकरणले आवश्यकताअनुसार ५० मेगावाटसम्म विद्युत् आयात गर्दै आएको थियो । आजको नयाँ पत्रिका दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij