
विराटनगरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा एमबीबीएस गरिरहेका विद्यार्थी र पत्रकारसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
नोबेल मेडिकल कलेज विराटनगरमा एमबीबीएस रिरहेका विद्यार्थी विजयकुमार यादव र माउण्टेन टेलिभिजन विराटनगरमा क्यामेरा मेनको रुपमा काम गरिरहेका मनोजकुमार चौधरीसहित प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
चोरीका पाँचवटा मोटरसाइकलसहित पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१४ का २७ वर्षीय अनुज यादव, २२ वर्षीय सोनेलाल महत्तो र सिरहाको सिरहा नगरपालिका- २२ का २० वर्षीय सुनिल यादव छन् ।
नोबेल मेडिकल कलेजमा भएको चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका विजय र मनोजको साथबाट तीनवटा मोटरसाइकल बरामत भएको छ भने विराटनगरका अनुज र सोनेलाललाई एक/एक र सिरहाका सुनिललाई एउटा मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij