२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मलेसिया जाने बाटो खुल्यो : ७००० बढी कामदार मलेसिया जान पाउने

मलेसिया जाने बाटो खुल्यो : ७००० बढी कामदार मलेसिया जान पाउने

वैदेशिक रोजगार विभागले कलिङ भिसा आइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ ।विभागले श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयलाई आइतबार पत्र पठाएको छ । वैदेशिक रोजगार व्यवसायी संघले गत कार्तिक १२ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीको मर्म र भावनाअनुसार कार्यान्वयन गर्ने जिम्मेवारी लिएपछि विभागले कलिङ भिसा (प्रवेश भिसा) आइसकेको नेपाली कामदारलाई श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

जेठ २ गतेदेखि बन्द भएपछि कलिङ भिसा पाएका झन्डै ७ हजार नेपाली कामदारले मलेसिया जान पाएका थिएनन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले श्रम सम्झौताको मर्म र भावनाअनुसार कडाईका साथ कार्यान्वयन गर्न व्यवसायीहरु प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij