
भारतमा भ्रमणमा रहेको आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा नेपालले अन्तिम अभ्यास खेलमा जित हात पारेको छ ।
नेपालले आन्ध्र प्रदेशको यू–१९ टिमलाई ९ रनले हरायो । चारवटा अभ्यास खेल खेलेको नेपालले यो जितसँगै तीन खेल आफ्नो पक्षमा पारेको छ भने एक खेलमा पराजय भोगेको थियो । पहिला ब्याटिङ गर्दै नेपालले ५० ओभरमा नौ विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले अविजित ४८ रनको योगदान दिए भने रासिद खानले ४१ रन जोडे । यस्तै पवन सर्राफले पनि ३२ रन बनाए ।
बलिङतर्फ कार्तिक रेड्डी, माधव र दुर्गा कुमारले दुई दुई विकेट लिए ।
२२१ रनको लक्ष्य पछ्याएको आन्ध्रलाई नेपालले ४९.४ ओभरमा २१२ रनमा अलआउट गर्यो । आन्ध्रले पहिलो विकेटका लागि ९२ रनको बलियो साझेदारी गरेको थियो । तर नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा पछिल्ला क्रमका ब्याट्सम्यानहरुले राम्रो खेल्न सकेनन् ।
भिम सार्की, कुशल मल्ल र पवन सर्राफले दुई दुई विकेट लिए । ब्याटिङतर्फ नितेश कुमारले ७४ रन बनाए भने हर्षवर्द्धनले ३६ रन जोडे । अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij