नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६मा रहेको क्रीयटिभ एकेडेमी इङ्लिस बोर्डिङ स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ।यहि चैत १६ गते शनिबारका दिन जेनेरल फिजिसियन,बाल रोग,दन्त रोग र स्त्री रोग सम्बन्धित सम्पुर्ण सेवा नि:शुल्क हुने कार्यक्रम आयोजक समितीका सचिव सेक्रेटरी लियो प्रकाश रिजालले जानकारी दिनु भएको हो।लियो क्लब अफ नुवाकोट परोपकार र जिवनी नेपालको आयोजनमा रहेकोे उक्त कार्यक्रम क्रीयटिभ एकेडमी इङ्लिस बोर्डिङ स्कुल,बेलकोटगढी नगरपालिका वडा नम्बर ५,कामरुदेवी मा.वि,महारुद्र युवा क्लब तारुका,शुभ बिहानी युवा क्लब सिउरेनी,झिल्टुङ दुईपिपल स्वास्थ्य चौकीका सह-आयोजना रहेका छन्।स्वाथ्य शिविर कार्यक्रमबाट धेरै जनाले मौकाको फाइदा उठाउन सक्नु हुने समेत आयोजकले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij