
संघीय संसद्को तेस्रो अधिवेशनले संविधानसँग बाझिएका र संशोधन गर्नुपर्ने कानुन निर्माण गरी संविधान कार्यान्वयनको बाटो खुला गरेको छ । गत ११ पुसबाट सुरु भई आइतबार सम्पन्न भएको अधिवेशनमा ४६ पटक बैठक बसेको थियो ।
८९ दिनसम्म चलेको संसद्को तेस्रो अधिवेशनमा प्रतिनिधिसभातर्फ ३२ दिनमा ४६ बैठक बसी जम्मा ६१ घण्टा ५ मिनेट ससंदीय काम कारबाही भए । सो अवधि संसद्को महŒवपूर्ण काममा बितेको थियो । यो अवधिमा संविधानसँग बाँझिएका ऐन कानुन निर्माण र संशोधन गर्ने कामसँगै थप नयाँ कानुन पनि निर्माण भएका छन् ।
यस अवधिमा प्रतिनिधिसभामा जम्मा २३ सरकारी विधेयक दर्ता भएकामा आठ विधेयक सभामा प्रस्तुत हुन बाँकी छ । साटवटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् ।
‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक, २०७५’ माथि राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त भएको जानकारी प्रतिनिधिसभामा टेबुल भएको छ । अन्य ६ वटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भइसकेको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न सात विधेयकमध्ये चार विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने दुर्ई विधेयक समितिमा विचाराधीन अवस्थामा छन् । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पेस भएको ‘राहदानी विधेयक, २०७५’ राष्ट्रिय सभामा विचाराधीन छ । राजधानी दैनिकमा समाचार छ|
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij