२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अलैचीको मुल्य ८ वर्ष कै सबभन्दा कम

अलैचीको मुल्य ८ वर्ष कै सबभन्दा कम

पूर्वी पहाडी जिल्लाका मुख्य नगदे बाली अलैंचीको मूल्य आठ वर्षयताकै कम भएको छ । कुनै समय प्रतिमन (४० केजी)को १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको अलंैची अहिले प्रतिमन हजार रुपैयाँमा झरेसँगै किसान र व्यवसायी चिन्तित भएका छन् । अहिले इलाममा प्रतिमन २३ हजारमा किनबेच  भइरहेको छ ।

अलैंची कारोबार हुने अन्तिम सिजनसम्ममा पनि अलैंचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसान चिन्तित बनेका छन् । प्रतिमन ३२ हजार रुपैंयाँमा खरिद गरेको अलैंची बिक्री गर्ने बेलामा मूल्यमा गिरावट हुने क्रम भएपछि आफूहरूले ठूलो घाटा रहेको व्यवसायी कृष्ण पौडेल

बताउँछन् । अलैंची कारोबार हुने मुख्य सिजन असोज÷कात्तिकको महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखेको अलैंची सिजनको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै बेच्न बाध्य भएको फाकफोकथुम गाउँपालिकाका किसान सुरेन्द्र निरौला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij