२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ईराकमा पानी जहाज दुर्घटना : ३ दर्जन बढीको ज्यान गयो

ईराकमा पानी जहाज दुर्घटना : ३ दर्जन बढीको ज्यान गयो

कुर्दिस नयाँ वर्ष मनाउन यात्रा गरिरहेका यात्रु बोकेर कुदिरहेको पानीजहाज बिहीबार दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ ।

तिर्गिस नदीमा यात्रारत पानीजहाज क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको बताइएको छ ।

सुरक्षा अधिकारी हुसाम खलिलका अनुसार दुर्घटनामा पर्ने अधिकांश यात्रु पर्यटकीय क्षेत्रमा पर्व मनाउँदै रमाउन हिँडेका थिए । बसन्त ऋतुको सुरुवातसँगै इराकमा कुर्दिस नयाँ वर्ष मनाइन्छ ।

मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेको पनि खालिलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij