चर्चित लोक गायिका अर्चना स्याङतनको स्वरमा दिनप्रतिदिन नयाँ नयाँ गीतहरू बजारमा आउने क्रममा फेरि पनि”लान्छु झ्याइ पारेर “गीत म्युजिक भिडियो बजारमा आएको छ।अर्चना स्याङतन र आर्यन बिरहीको संयुक्त स्वरमा सजिएका उक्त गीतको ज्योति फिल्मस् को प्रस्तुति रहेको हो।गीतको म्युजिक भिडियोमा कलाकारहरु जिना मगर,उर्मिला तामाङ,सुदिप मगर,आदित्य ढुङ्गेल रहेका छन्।कलाकार मेक अप सुशीला कुमालले गरेको हो।
उक्त म्युजिक भिडियोको छायांकन मरुभुमी नारायण गरेको हो भने निर्देशन निरेन श्रेष्ठले गरेको हो।
गीतमा कोरियोग्राफी सुक्र लामाले गरेको छ।सङ्गीत जनक लामाको रहेको गीतको शब्द दिपेन्द्र लामिछानेको रहेका छन्।गीतको म्युजिक भिडियो ज्योती फिल्मस् प्रा.लि.ले बजार व्यवस्थापन गरेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij