२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

इन्डोनेसिया बाढी : ठुलो धनजनको हाताहती

इन्डोनेसिया बाढी : ठुलो धनजनको हाताहती

इन्डोनेसिया बाढीमा परेर कम्तीमा ५० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन्।  पूर्वी क्षेत्रमा पर्ने पपुवा प्रान्तमा  शनिबार राति आएको भीषण वर्षाका कारण आएको बाढी आएको थियो।

बाढीले बढी प्रभाव गरेको मुख्य सहर सेनटानी क्षेत्रमा उद्धार कार्य जारी भएकोले घाइतेहरुको संख्या अझै बढ्‍न सक्ने अनुमान गरिएको विपद्‍ व्यवस्थापन अधिकारीले बताएका छन्।

पपुवा प्रान्तको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल सेनटानी अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्रमा बाढीले बढी क्षति पुर्‍याएको छ।

“त्यसैगरी पपुवा प्रान्तमै पर्ने जयपुरामा पहिरोले दुई घर पुर्दा सात जनाको ज्यान गएको छ”, पपुवा क्षेत्रीय प्रहरी प्रवक्ता अहमद् मुस्तोफा कमलले भने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij