२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाण्डौको सवारी व्यस्थापन : दाताकै भर मात्रै !

काठमाण्डौको सवारी व्यस्थापन : दाताकै भर मात्रै !

समस्या नै समस्याले भरिएको काठमाडौंमा एउटा विकराल समस्या हो ट्राफिक व्यवस्थापन । ट्राफिक व्यवस्थापनको सबै जिम्मेवारी सडक व्यवस्थापनमा खटिने ट्राफिककै भन्ने बुझिए पनि सो बुझाइ असत्य रहेको ट्राफिक प्रहरीका अधिकारी बताउँछन् । उनीहरूका अनुसार ट्राफिक प्रहरीलाई सडकमा उभिएर इशारा गर्ने र ट्राफिक उल्लंघन गर्नेलाई कारबाही गर्नेबाहेक ट्राफिकको कुनै अधिकार छैन ।

ट्राफिक प्रहरीका प्रवक्ता जयराज सापकोटाका अनुसार सडकमा रहेका ट्राफिक लाइट तथा ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका लागि महŒवपूर्ण मानिने जेब्रा क्रसिङ निर्माणको जिम्मा ट्राफिक प्रहरीलाई छैन । यसको जिम्मा सडक विभाग, महानगर तथा सरकारको हो । जापानी सहयोग नियोग (जाइका) ले झन्डै २८ वर्षअघि सहयोगस्वरूप सडकमा राखेको ट्राफिक लाइट केही वर्षदेखि बल्न छाडेको प्रवक्ता सापकोटाले बताए ।

उपत्यकामा केही स्थानमा थपिएका ट्राफिक लाइट पर्याप्त मात्रामा छैनन् । सडकमा जेब्रा क्रसिङको संकेत मेटिएको लामो समय भएको छ । त्यसको मर्मतसम्भार र रङ पोत्ने मात्र गर्न नसक्दा उपत्यकाका मुख्य त्रिपुरेश्वर, रत्नपार्क, सोह्रखुट्टे, बबरमहल, टेकु, कालिमाटीलगाायत अधिकांश स्थान तथा चक्रपथमा यो समस्या निम्तिएको छ । यसबाट सडक सुरक्षामा समेत गम्भीर चुनौती देखिएको सर्वसाधारणको अनुभव छ । उपत्यकाका सडक मर्मत सम्भार र निर्माणको जिम्मा सडक विभाग, नगरपालिका तथा महानगरपालिका र सरकारको हो । ती निकायले भएका सडकको व्यवस्थापन गर्न सकेका छैनन् भने भएकाको पनि मर्मतमा चासो दिन नसकेको पाइएको छ ।

सम्बन्धित निकाय यस्ता समस्या समाधान गर्न उदासीन बन्ने गरेको स्थानीयवासीको आरोप छ । सडकमा स्काइब्रिज तथा फुटपाथ र डिभाइडर छैनन् । यस्ता स्काइब्रिज र फुटपाथ व्यवस्थापन, पार्किङलगाायतका संरचनाको निर्माण गर्ने निकाय मौन रहने गरेका छन् । यस्ता विषयमा ट्राफिकसँग समन्वय गर्नुपर्नेमा समेत समन्वय नगरिएको ट्राफिकका उच्च अधिकारीहरू बताउँछन् । कोसेली र उपहारस्वरूप दिइएका सामग्रीबाट मात्रै ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गरिरहेको छ । राजधानी दैनिकबाट !

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij