२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बार्सिलोनालाई अघि आउन दिएन, रियल मड्रिडमाथि दबाब

बार्सिलोनालाई अघि आउन दिएन, रियल मड्रिडमाथि दबाब

काठमाडौं । इन्जुरी समयको गोलबाट जित दर्ता गर्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको सेभिल्लाले उपाधि दाबेदार शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम राखेको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा ओसासुनालाई ४–३ ले हराएको दोस्रो स्थानको सेभिल्लाले रियल मड्रिडसँगको अंक दूरी एकमा झारेको हो ।

सेभिल्लाको जितमा इबोर्राले ४३ र ६५ औं मिनेटमा गरी दुई, ८० औं मिनेटमा भाजक्वे र इन्जुरी समयमा साराबिएले गोल गरे । ओसासुनाका लागि १५ औं मिनेटमा लिओन लिमोनेस र इन्जुरी समयमा कोड्रोले गोल गरे ।

सेभिल्लाका इबोर्राले ६३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । १९ खेलबाट ४२ अंकसहित सेभिल्ला दोस्रो स्थानमा छ । सेभिल्लाले बार्सिलोनालाई अघि आउन दिएन । तेस्रो स्थानको बार्सिलोनाको ४१ अंक छ ।

एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४३ अंक छ । राति भएका अरु खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको बिल्बाओसँग २–२ तथा रियल बेटिसले स्पोर्टिङ गिजोनसँग गोलरहित बराबरी खेल्यो । रियल सोसिडाडले सेल्टा डि भिगोलाई १–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij