२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पत्नीको उपचार गराउन प्रचण्ड अमेरिका जाने

पत्नीको उपचार गराउन प्रचण्ड अमेरिका जाने

सत्ताधारी दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको उपचार गराउन अमेरिका जाने भएका छन् |

चैत ४ गते अमेरिका प्रस्थान गर्ने उनको टोलीमा छोरी गङ्गा दाहाल पनि हुने छिन् |

वासिङटन डिसीस्थित नेपाली दुतावास स्रोतकाअनुसार सिताको उपचार वाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा हुनेछ । प्रचण्ड करिव ११ वर्षपछि अमेरिकाको भ्रमणमा जादैछन् ।

यसअघि सिताको उपचार वैंकक र सिंगापुरमा भएपनि त्यहा ठिक हुन नसकेपछि अमेरिका लैजाने तयारी भएको हो । छोरा प्रकाश दाहालको निधनपछि उनको स्वास्थ्य अवस्था झन् कमजोर बनेको पारिवारी स्रोत बताउंछ ।

भेनेजुयला प्रकरण अघि नै प्रचण्ड अमेरिका जाने तयारी भएपनि व्यस्तताका कारण उनको भ्रमण हुन नसकेको हो । भेनेजुयला प्रकरणपछि कतिपयले उनलाई अमेरिका नजान सुझाव दिएपनि अन्तत प्रचण्ड अमेरिका जाने निश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij